दोर्दी गाउँपालिकाद्धारा अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

लम्पी स्किन रोग लागेर गोरु मर्दा रोपाइँ नै प्रभावित हुन थालेपछि दोर्दी गाउँपालिकाद्धारा अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । पालिका भित्रका ६० जना किसानलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

कृषि शाखाका कृषि प्रसार अधिकृत नरहरी घिमिरेले भन्नुभयो, गोरु मरेका १३ जना किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत र ४७ जनालाई कृषि शाखाको बजेटबाट वितरण गरेका छौँ । ६ हर्ज पावर र ७ हर्ज पावरको गरी हाते ट्याक्टर वितरण गरिएको छ । ६ हर्ज पावरको ५५ वटा र ७ हर्ज पावरको ५ वटा वितरण गरिएको कृषि शाखाले जनाएको छ । ७५ प्रतिशत अनुदानमा ६ हर्ज पावरको १४ हजार रुपैयाँ किसानबाट लिइएको र ७ हर्ज पावरको हाते ट्याक्टरको २४ हजार २५० रुपैयाँ लिइएको कृषि शाखाका कृषि प्रसार अधिकृत घिमिरेले बताउनुभयो । उहाँका अनुसार ६ हर्ज पावरको प्रति हाते ट्याक्टरलाई ५७ हजार र ७ हर्ज पावरकोलाई ६८ हजार रुपैयाँमा खदि गरेको थियो ।

बद्दो लागत कम गर्न, किसानले गोरु पाल्न छाडेका छन् बाजो जमिनको सदुपयोग गर्दै खेतिपाती गरोस् भनेर साथै गोरुहरुमा लप्पी स्किन रोगको संक्रमण भइरहेका बेलामा हाते ट्याक्टरले रोपाइँ गर्न सहज हुने अपेक्षाले उक्त हाटे ट्याक्टर वितरण गरिएको उहाँको भनाई छ । आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले कृषकहरु प्रविधितर्फ आकर्षित हुन थालेका छन् ।

यतिबेला रोपाइँको बेला छ, तर परम्परागत गोरु पाल्न किसानले छाडेकाले गोरु पाउन किसानलाई मुश्किल भइरहेको बेलामा लप्पी स्किन रोगले समेत संक्रमण हुन थाल्दा झ्न गोरुको अभाव हुन थालेको बेलामा सहजताको लागि किसानलाई हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । आफू सधै किसानको पक्षमा रहेकाले आगामी दिनमा समेत आवश्यक सहयोग रहने उहाँको भनाई छ । दोर्दी कृषि शाखाका अनुसार अझै हाते ट्याक्टर खरिद गरेर किसानलाई वितरण गर्ने तयारी समेत भइरहेको छ । कृषि शाखाले यसअघि सुन्तला, कुरिलो, अम्बा लगायतका ७ हजार फलफुलका विरुवा किसानलाई वितरण गरिसकेको छ । जिल्लामा हालसम्म ३५ भन्दा बढी पशुहरु लप्पी स्किन रोगले मरेका छन् भने, एक हजार भन्दा बढी संक्रमित रहेको बताइएको छ । त्यस्तै, दोर्दी गाउँपालिका भित्र १५ भन्दा बढी गोरु मरेको किसानहरुको भनाई छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.