बैक, लघुवित्त तथा सहकारीहरुले आफ्ना ऋणी नागरिकहरुलाई गरेको अन्यायपूर्ण चरण आर्थिक शोषण र धरपकडको विरोध गर्दै राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले गोरखा नगरपालिका भित्रका सबै बैक तथा वित्तिय संस्थाहरुलाई ध्यानकर्षणपत्र बुझाएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरलाई बुधवार उक्त अभियानका तर्फबाट ज्ञापनपत्र बुझाइयो ।


महाअभियानका गण्डकी प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य यदुनाथ सिग्देलको नेतृत्वमा गोरखा जिल्ला पिडितहरुको समेतको संलग्नतामा नगरप्रमुख समक्ष उक्त ज्ञापनपत्र बुझाइएको हो । नगरप्रमुख कृष्णबहादुर राना मगरले पिडितका जायज मागलाई तत्काल सम्बोधन गर्दै अन्यायमा पर्न नदिने बताए । महाअभियानका इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य यदुनाथ सिग्देलले बैक तथा वित्तिय संस्थाहरुको ज्याजतिका कारण आत्महत्या गर्ने विष सेवन गर्ने, भुण्डिने समेतको काम गरेको कारण ठुलो मारमा परेको बताउदै बाध्य भएर सयुक्त रुपमा नगरपालिकाका प्रमुख मार्फत सम्पूर्ण बैक तथा वित्तिय संस्था मार्फत ज्ञापनपत्र बुझाएको बताए ।


पृथ्वी नारायण नगरपालिका ६ रानीवन निवासी गौरा खैत्रीले आफुलाई बैक तथा वित्तिय संस्थाले ठुलो ज्याजती गरेको उल्लेख गर्दै आफुले सकेको ऋण र व्याज तिदै गर्दा पनि आफुलाई कालोसुचिमा राखी अन्यायमा पारेको बताइन् । आरुघाट गाउँपालिका १० निवासी शर्मिला परियार पनि आफुले सांग्रीला बैकबाट तीन लाख रुपैया ऋण लिएको ऋणको किस्ता र व्याज पनि तिर्दै आएपनि कोरोना तथा आर्थिक मन्दिका कारण समस्यामा परेकोले बैकले अहिले जसरी पनि सावा तथा व्याज तिनुपर्ने भन्दै हरेक दिन थर्काउने गरेको बताइन् ।









