कम्प्युटर एसोसिएसन महांसघ (क्यान) तनहूँको आयोजनामा शनिवार दमाैलीमा व्यवसायीको क्षमता अभिवृद्धिका लागि TAX VAT समन्धी जानकारी साथै digital Accounting का लागि Smart Accounting Software Bookkeeper सम्वन्धि एक दिने तालिम सम्पन भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता यसै संस्था का अध्यक्ष्य श्री विश्वप्रकाश भुसालको रहेको थियो भने कार्यक्रममा क्यान महासङ्घका केन्द्रीय सदस्य तुल्सीराम पाण्डेको प्रमुख आथित्यता रहेको थियो। र उक्त कार्यक्रममा क्यान महांसघ तनहूँको सम्पूर्ण सदस्य लगाएत भिभिन्न ब्यबसायका संचालक का साथै Accounting पड्दै गरेका बिद्यार्थी भाइहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सहजीकरण गर्न TAX VAT समन्धी जानकारी का लागी Wise Advaice Consulting, Damauli का संचालक सिए अनिल थापाले प्रशिक्षण दिएका थियो भने digital Accounting का लागि Smart Accounting Software Bookkeeper को तालिम काठमाडौँका Compiler Infosys का संचालक देवराज घिमिरे द्वारा प्रशिक्षण गरिएकाे कार्यक्रम संयोजक पवन पौडेल जानकारी दिए।










