पछिल्लो हप्तादेखि देशका विभिन्न स्थानमा जस्तै तनहुँमा पनि वायु प्रदूषण र तुवाँलो बढेको छ । डढेलो लगायत अन्य विविध कारणले प्रदूषण भएको विज्ञहरुले बताउँदै आएका छन् । गर्मीको सिजन सुरुभएको र पानी नपरेको कारणपनि आखामा संक्रमण देखिएको दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा परिवर्तन बरालले जानकारी दिए । ‘मौसम परिवर्तन एवं जताततै डढेलोको कारण वातावरण प्रदुषित बन्दा यस्तो समस्या आएको हो,’ उनले भने ।

दमौली अस्पताल गोवद्र्धन शर्मा मेमोरीयल आखा उपचार केन्द्रमा दैनिक ३० देखी ३५ जना आखा विरामी आउने गरेकोमा पछिल्ला दिनमा दोव्वर संख्यामा विरामी आउने गरेको नेत्र सहायक लक्ष्मी चौधरीले जानकारी दिइन् । ‘सरदर दैनिक ३० जनाको हारहारीमा आखा उपचारको लागि आउने भएपनि अहिले भने दोव्वर संख्यामा विरामीहरु उपचारको लागि आउनुभएको छ,’ उनले भनिन् । तनहुँको दमौली क्षेत्रमा राजमार्ग विस्तारका कारण अत्याधिक धुलो छ । जथाभावी रुपमा डढेलो लगाइदा बायुप्रदुषण भई आखा दुख्ने समस्या देखिएको चिकित्सकहरुको भनाई छ । त्यस्तै जंगलमा डढेलो लगाइनु र पानी पर्न नसक्दा प्रदुषण बढेको छ । आँखा दुखाईबाट जोगिन सकेसम्म घाममा कम हिड्ने चस्माको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ् ।









