पौडेल र भण्डारी पुनः चुनावी मैदानमा

अगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँको प्रतिनिधीसभा क्षेत्र नं १ मा गठवन्धनका तर्फवाट नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र २ नं क्षेत्रमा नेपाली काग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी चुनावी मैदानमा उत्रिएका छन् । गएको ०७४ सालमा भएको आम निर्वाचनमा पनि उम्मेदवार वनेको पौडेल र भण्डारी पुन सोही क्षेत्रवाट गठवन्धनका तर्फवाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार वनेका हुन् ।
गएको ०७४ को आम निर्वाचनमा तनहुँको प्रतिनिधीसभा क्षेत्र नं १ र २ मा वाम गठवन्धनका साझा उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसान र केदार सिग्देलसँग पराजय भोगेका पौडेल र भण्डारी पुन सोही १ नं क्षेत्रमा नेकपा (एमाले) का एकवहादुर राना र २ नं क्षेत्रमा नेकपा (एमाले) का किरण गुरुङ सँग प्रतिष्पर्धा गर्देछन् ।
पहिलो ईनिङमा हार वेहोरेका रामचन्द्र पौडेल र शंकर भण्डारी अहिले गठवन्धनका तर्फवाट निर्वाचन क्षेत्र नं १ र २ मा राना र गुरुङ सँग प्रतिष्पर्धा गर्देछन् । काग्रेसका वरिष्ठ नेता समेत रहेको रामचन्द्र पौडेल क्षेत्र नं १ मा नेकपा (एमाले) का केन्दिय सल्लाहकार सदस्य एक वहादुर राना सहित स्वतन्त्र उम्मेदवारहरु नेपाली काग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी र नेपाली काग्रेसको पुर्व जिल्ला सचिव विश्व वास्तोला सँग पनि प्रतिष्पर्धा गर्देछन् ।
आफनै पार्टीका नेताहरु समेत स्वतन्त्र उम्मेदवार वनेर पौडेलको प्रतिष्पर्धी वन्दै गर्दा नेकपा (एमाले) का तर्फवाट उम्मेदवार वनेका एकवहादुर राना सँग जुध्नु पौडेलको लागी थप चुनौतीको विषय वनेको छ ।
यसैगरि गएको निर्वाचनमा वाम गठवन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजय भोगेको शंकर भण्डारी अहिले गठवन्धनको उम्मेदवार वनेर पुन त्यही निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का नेता किरण गुरुङ सँग प्रतिष्पर्धा गर्देछन । पहिलो ईनिङमा हार वेहोरेका गठवन्धनका उम्मेदवार शंकर भण्डारी अहिले जसरी पनि जित्नै पर्ने दवावमा छन् भने किरण गुरुङ पार्टीको जितको श्रृखला पुन रच्ने अभियानमा छन् । पटक पटक जितेको निर्वाचन क्षेत्रमा विराशत कायम गर्न नेकपा (एमाले) र हारको वदला लिने ध्याउन्नमा लागेको नेपाली काग्रेसको यो क्षेत्रको निर्वाचन पनि पेचिलो वन्ने देखिएको छ ।
यसैगरि गठवन्धनले तनहुँको प्रतिनिधीसभा क्षेत्र नं १ को प्रदेश १ मा नेपाली काग्रेसका अशोक कुमार श्रेष्ठ र प्रदेश २ मा माओवादीको हरिवहादुर चुमानलाई चुनावी मैदानमा उतारेको छ । श्रेष्ठ पहिलो चोटी संसदीय चुनाव लड्दैछन भने चुमान गण्डकी प्रदेशका निवर्तमान सासंद तथा पुर्व मन्त्री समेत हुन् । यसैगरि गठवन्धनले क्षेत्र नं २ को प्रदेश १ मा माओवादीको राजेन्द्र केशरी न्यौपाने र प्रदेश २ मा नेपाली काग्रेसका जिल्ला पार्टी सभापति जितप्रकाश आलेलाई उतारेको छ ।
नेकपा (एमाले) तनहुँले भने क्षेत्र नं १ को प्रदेश १ मा रामवहादुर गुरुङ र प्रदेश २ मा पुर्णवहादुर गुरुङलाई अगाडी सारेको छ । प्रदेश नं २ का उम्मेदवार पुर्णवहादुर गुरुङ नेपाली काग्रेसका युवा नेता हुन् । गुरुङ केहि दिन अघि मात्र नेपाली काग्रेसवाट नेकपा (एमाले) मा प्रवेश गरेका थिए । राम वहादुर गुरुङ गण्डकी प्रदेशका निवर्तमान सासंद हुन् । त्यस्तै क्षेत्र नं २ को प्रदेश १ मा श्यामराजा महत र प्रदेश नं २ मा निवर्तमान प्रतिनिधीसभा सदस्य केदार सिग्देललाई चुनावी मैदानमा उतारेको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.