घडेरी र मुलावारीमा घुम्ति शिविर सम्पन्न (तस्विरहरु सहित)

मुलावारी–५, म्याग्दे

म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ५ को घरेडी र मुलापानीमा सम्पन्न भएको छ । पालिकाले आयोजना गरेको दोश्रो चरणको घुम्ति शिविर अन्तर्गत सो वडाको घरेडी र मुलापानीमा शिविर सम्पन्न भएको हो । शिविरमा व्यापक मात्रामा स्थानिय जनताको सहभागिता रहेको थियो । शिविरमा विषेश गरि महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, स्वास्थ्य सेवा लिनेको भीड लागेको थियो ।

उपभोक्ता समिती सँग सम्झौता गरि हस्तान्तरण गर्दे पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशाशकिय अधिकृत, योजना शाखा प्रमुख


शिविरमा महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुवैद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।

घुम्ति शिविरवाट घरआँगनमा गएर सेवा दिदै पालिकाका कर्मचारीहरु


विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण हुनेछ । रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता हुनेछ । व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचय पत्र वितरण हुनेछ । विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामी पशुको उपचार व्यवस्थापन, उपभोक्ता सँग योजना संम्झौता हुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

म्याग्दे –५, फुलवारी झँकासमा रहेको शिव मन्दिरको निरिक्षण गर्दे पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृत लगायत


कार्तिक ४ गते सम्म चल्ने शिविरमा गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थिती रहेको थियो ।

जनताको समस्या सुन्दै पालिका अध्यक्ष
घुम्ति शिविर अवलोकनमा पालिका उपाध्यक्ष वालकृष्ण घिमिरे र म्याग्दे– ५ का वडाध्यक्ष शिव वहादुर आले
घरमा नै ज्येष्ठ नागरिक परिचय पत्र पाएपछि खुशी मुद्रामा वृद्धवृदाहरु
म्याग्दे –५, फुलवारी झँकासमा रहेको शिव मन्दिरमा रहेको शालिक
पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गदै स्वास्थ्यकर्मीहरु
उपभोक्ता समितीसँग शिविरमा सम्झौता गर्दे योजना शाखा प्रमुख श्रीराम खनाल

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.