नेकपा (एमाले) जनताको पार्टी हो । प्रदिपराज अधिकारी (फोटोफिचर)

व्यास ५

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका उपसचिव प्रदिपराज अधिकारीले नेकपा (एमाले) जनताको पार्टी भएको वताउनुभएको छ । नेकपा (एमाले) व्यास ५ को आयोजनामा भएको कार्यक्रममा अधिकारीले सो कुरा वताउनुभएको हो ।


देशमा नेकपा एमालेले खेलेको भुमिकाले नेपालको राष्ट्रियता र स्वाभिमान उचो भएको छ । जनताको काम गर्ने पार्टी एमाले हो, तर अन्य राजनैतिक दलहरुले भ्रमको खेती गरेका छन् । एमालेले गरेका राम्रो कामको जस लिन खोजिरहेका छन् । ओली सरकारको पालामा भएको विकास निर्माणको योजनालाई अन्य राजनैतिक पार्टीले जस लिने प्रवृत्ति जुन छ, त्यसलाई जनताले राम्रो सँग वुझन जरुरी छ, अधिकारीले भने ।


वडा नं ५ वडा कमिटीको अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीलाई जिताउन जनताको घरदैलोमा जान, पार्टी कामको प्रचार प्रसार गर्ने, अन्य राजनैतिक पार्टीले गरेको भ्रमलाई चिरेर जनतालाई यथार्थ वुझाउन लाग्न अधिकारीले आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले तनहुँ जिल्ला कमिटीका सदस्य प्रेम प्रसाद पौडेल, नगर सचिवालय सदस्य युवराज खनाल लगायत नेताहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा वडा नं ५ को कार्यलय पनि स्थापना गरिएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.