युवालाई राजनितीमा ल्याउनुपर्दछ । उम्मेदवार पुर्ण वहादुर गुरुङ (फोटोफिचर)

वन्दिपुर गाँउपालिका, हुस्लाङ

नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ (ख) का उम्मेदवार पुर्ण वहादुर गुरुङले अव राजनितीमा युवा पुस्तालाई ल्याउनुपर्ने वताउनुभएको छ । अग्रजहरुलाई सम्मान गर्दे अव देश हाक्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्दछ । अनि मात्र देशले काँचुली फेर्दछ, गुरुङ्गले भने ।


सधै एउटै व्यक्ति लामो समयसम्म लाभको पदमा वसिहने, पदमा वसेर पदिय जिम्मेवारी ननिभाउने भएपछि जनतामा उत्साह नछाएको वताए । अवसर आवश्यकताकालागी हुनुपर्दछ । जनमत एकातिर तर शक्तिको दुरुपयोग गरि लाभको पद सधै निश्चित व्यक्तिलाई हुदाँ युवा र जनतालाई नै वितृष्णा छाएको वताए ।


युवालाई राजनितीमा आर्कषित गर्न पनि मेरो उम्मेदवारी हो । नेकपा (एमाले) नै परिवर्तनकारी शक्ति भएको हुदाँ एमालेलाई भोट दिएर जिताउन आग्रह गरे । राजनितीमा युवा शक्तिले अवसर नपाँउदा धेरै युवाहरु विदेशिन वाध्य भएको समेत वताए । चुनावी अभियानका क्रममा वन्दिपुर गाँउपालिका अन्तर्गत हुस्लाङ, रानीवजार, चिसापानी, शेराटार र रामकोटमा घरदैलो तथा भेटघाट कार्यक्रममा युवा नेता गुरुङले सो कुरा वताउनुभएको हो ।


घरदैलो अभियानमा प्रतिनिधीसभाका उम्मेदवार एकवहादुर राना, नेकपा (एमाले) तनहुँका उपसचिव प्रदिपराज अधिकारी, जिल्ला कमिटी सदस्य प्रेम प्रसाद पौडेल, नुर महमद मिया, दुर्गा विलास भट्टराई लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.