एमालेले मात्र समृद्ध नेपाल निर्माण गर्दछ । (फोटोफिचर)

घिरिङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २(ख) का उम्मेदवार केदार सिग्देलले एमालेले मात्र देश समृद्ध वनाउन सक्ने वताउनुभएको छ । एमालेले विगतमा खेलेको भुमिकालाई हेर्ने हो भने यसले पुष्टि गर्दछ कि एमालेले मात्र देशको राष्ट्रियता र स्वाधिनता जोगाउन सक्दछ । आग्रह पुर्वाग्रह हैन, यथार्थको कसीले हेर्ने हो भने एमाले मात्र देशको पार्टी भएको हुदाँ यसमा आम जनता र कार्यकर्ताले मुल्यांकन गर्नुपर्ने उम्मेदवार सिग्देलले वताउनुभयो ।


ओली सरकारको पालामा देशमा धेरै गौरवको आयोजना शुरु गरिएको तर परमादेशी सरकारले राष्ट्रिय गौरवको योजनामा समेत पुर्वाग्रह राखेर वजेट काटेको हुदाँ अन्य सरकारले जनताको हितमा काम गर्न नसक्ने वताउनुभयो । सत्ता र शक्तिका लागी मात्र गठवन्धन वनेको हुदाँ यसले देशलाई निकास नदिने समेत वताउनुभयो ।


यसैगरि प्रतिनिधीसभा तनहुँ क्षेत्र नं २ का उम्मेदवार किरण गुरुङले गण्डकी प्रदेशको अर्थमन्त्री भएर यो क्षेत्रमा विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको वताए । खानेपानी, वाटोघाटो, पुलपुलेसो र विकास निर्माणमा पार्टी र मैले सधै जनताको पक्षमा काम गरेको छु, गुरुङले भन्नुभयो । जनताको उत्थान वाहेक अन्य केही स्वार्थ छैन, सधै राजनितीमा निरन्तर जनता सँगै छु । यहि नै मेरो मुल मर्म हो । जनताको आशा र अपेक्षा वाहेक मेरो कुनै स्वार्थ छैन, गुरुङले भने ।
चुनावी प्रचारको क्रममा घिरिङ गाँउपालिकाको विभिन्न स्थानमा भएको घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दे वहाँले सो कुरा वताउनुभएको हो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.