५ वर्षे कार्यकालमा तनहुँ क्षेत्र नं २, मा विकासका लागी गरिएको पहल र महत्वपुर्ण योजनाहरु–केदार सिग्देल

जिल्ला स्तरिय सडकको रुपमा हेरिएको भिमकाली सडकलाइ राष्ट्रिय राजमार्गमा तथा कृष्णमार्ग, ऋङगपथ र सिर्जना मार्गलाई एकीकृत गरि, गाईघाट–गल्याङ वैकल्पिक सहायक राजमार्गमा, ढोरवाराही मार्ग (दुलेगौडा–ढोरफिर्दी–साँखे–सालडाँडा–विरुवा–रामपुर) र झापुटार–चालिसे दुई ओटा सडकलाई रणनितिक सडकको रुपमा स्तरोन्नती गराई वजेट वृद्धि गरिएको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकलाई ४ लेनमा विस्तार गराउनका लागी संसदको विकास तथा प्रविधि समिती मार्फत पहल गरेको र हाल कार्यन्वयनमा रहेको ।


खैरेनी–भिमाद–घुमाउनेघाट–कावासोती सडक अन्तर्गत खैरेनी–भिमाद सडक खण्ड विस्तार एवंम कालोमपत्रेको लागि सङघीय सरकारवाट वजेट विनियोजन गराई निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको ।
जि.पि. कोईरालाश्वासप्रश्वास उपचार केन्द्रको उतरोन्नति तथा भाँैतिक सुविधा विस्तारको लागि रु १० करोडभन्दा वढि वजेट विनियोजन गरिएको ।
कोभिड–१९ को महामारीमा जिपी कोईराला श्वासप्रश्वास उपचार केनद्र, जिल्ला अस्पताल दमौली, प्राथमिक स्वास्थ्य केन्द्र भिमाद लगायत विभिन्न स्वास्थ्य चौकी तथा आईसोलेसन केन्द्रको रुपमा रहेका विद्यालयहरुमा तत्कालिन संकटग्रस्त अवस्थामा आवश्यक सहयोग पुरयाएको ।


तनहुँ जलविद्युत आयोजनालाई समयमै सम्पन्न गराउन यथेष्ठ वजेट विनियोजन, कार्यप्रगतिको अनुगमन गरिएको तथा प्रगति विवरण उत्साहजनक रहेको ।
तनहुँ जिल्लाको घिरिङ, ऋषिङ तथा देवघाटका विद्युतीकरण हुन वाँकी रहेका कहि स्थानहरुमा विद्युतीकरणका लागि पालिका प्रतिनिधी र प्राधिकरणका वीच सम्वन्ध तथा समन्वय स्थापित गरि विद्युतीकरण प्रक्रिया अघि वढाईएको ।
तल्लो सेती जलविद्युत आयोजना विर्माणार्थ पहल गरेको र हाल उक्त आयोजना निर्माणको सुरुवाती चरणमा रहेको ।
तनहुँ जिल्लाका दक्षिण पश्चिम क्षेत्रका ग्राहकहरुलाई खैरेनीटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनवाट विद्युत महशुल संकलन गर्ने सवाको शुभारम्भ गराएको र नोलाईट लगायतको अन्य सेवा समेत निकट भविश्यमा प्रारम्भ हुने सुनिश्चित रहेको ।


तराईका जिल्लामा केन्द्रित खरको छाना विस्थापित गरि टिनको छाना हाल्ने सुरक्षित नागरिक आवास कार्यक्रमलाई पहाडका सिमित जिल्ला मध्ये तनहुँलाई पनि समावेश गराईएको र यो कार्यक्रम संचालनका लागि सङघीय सरकारवाट वजेट व्यवस्था भई हाल पालिका स्तरवाट जिल्लाका सवै पालिकाहरुमा कार्यन्वयन भईरहेको ।
भुकम्प पुर्ननिर्माण प्राधिकरण मार्फत तनहुँजिल्लाका विभिन्न विद्यालयहरुमा ४ कोठे, ३ कोठे र २ कोठे भवन एवंम खानेपानी तथा शौचालय जस्ता भौतिक पुर्वाधार निर्माण कार्य सम्पन्न भएको ।
स्थानिय तहवाट माग भई आएका विद्यालयहरुलाई प्राथमिकताको आधारमा राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत समावेश गर्न पहल तथा सिफारिश सहित कार्यन्वयनम आवश्यक सहजीकरण गरेको ।


विद्यालयहरुमा प्रविधि–मैत्री वातावरण सिर्जना गरि अध्ययन–अध्यापन कार्यलय थप प्रभावकारी वनाउन क्षेत्र नं २ अनतर्गत जनज्योति मावि भिमाद, सिद्धार्थ मावि किहँु, पन्चमुनिदेव मावि दुलेगौडा, जनकल्याण मावि वेलचौतारा र राधा मावि जामुनेमा मा रु २५ लाख वरावररको आईटी ल्याव स्थापना गराईएको ।
सेती नदी, मादी नदी, सरौदौ खोला, कयाङदी खोला, कुलाङ्ग खोला लगायतका नदी तथा खोलाहरुमा तटवन्ध कार्यका लागि वजेट व्यवस्था गराईएको ।


कालीगण्डकी र सेत िनदी किनारामा रहेका भिमाद, म्याग्दे, घिरिङ र ऋषिङ तथा गाँउपालिकाहरुका विशाल टारहरुमा वैकल्पिक उर्जा विकास कार्यक्रम अन्र्तगत लिफटिङ्ग सिंचाई योजनको सुरुवात भएको ।
ठुला नदीहरुमा आउने वाढहिरुवाट धनजनको क्षति कम गर्नका लागि गण्डकी वेसिनका नदीहरुमा आउने वाढी पुर्वसुचना प्रणाली जडान गर्ने कार्यमा नेपाल सरकारको ध्यानाकर्षण पश्चात् सम्भाव्यता अध्ययन भई काम सुरुवाती चरणमा रहेको ।
भिमाद नगरपालिकालाई सघन सहरी विकास कार्यक्रम अन्तर्गत रु २५ करोड वजेट सहित समावेश गराईएको र अय आर्थिक वर्ष २०७९।०८० मा ८ करोड वजेट विनियोजन भएको ।


जिल्लाको महत्वपुर्ण पर्यटकीय गन्तव्य क्षेत्रहरु सिद्धगुफा, रानीपोखरी, गड्कृश्वर महादेव, ढोरवराही, दगाम–भुजिकोट, मानुङकोट, किल्चोक, सतीकोट लगायतका क्षेत्रहरुको पर्यटकीय पुर्वाधार निर्माणका लागि वजेट विनियोजन गराईएको ।
भिमाद रंगशाला र ढोरफिर्दीमा खेलमैदान निर्माणका लागि संघीय सरकारवाट वजेट व्यवस्था गराई निर्माण कार्य संचालनमा रहेका साथै झापुटार र छाङ्गपाटनका खेलमैदानहरुलाई स्तरोन्नती गराईएको ।


सेती नदी झोलुङ्गे पुल म्याग्दे–५, थाङद िर भिमाद –७, सिस्नेरी जोड्ने र मादी नदि झोलुङ्गे पुल व्यास–५ र ७ जोड्ने सिस्नेरी मुकुन्डे खोलामा नयाँ योजना समावेश भई निर्माण कार्य प्रारम्भिक चरणमा रहेको
मादीनदि पुल चिन्तुटारमा नयाँ योजना परेको र हाल वोलपत्र आव्हान भई कार्य अगाडी वढेको र भिाद–डुम्रीवेशी–रामपुर–मित्याल–आरुङखोला सडकको कुलाङखोला डुम्रीवेशी मा पुल निर्माणका लागि सम्भाव्यता अध्ययन भई डिपिआर तयाराीको चरणमा रहेको ।


भिमाद वजार खानेपानी योजनाका लाग ि करिव १० करोड वजेट विनियोजन गराईएको तथा खैरेनीटार सहलगानी खानेपानी योजना गतसाल डिपिआर सम्पन्न भई यस वर्ष ५ करोड ५१ लाख वजेट सहित गुणस्तरिय खानेपानी योजना निर्माण कार्य अगाडी वढाईएको ।
स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ३ वर्षसम्म संचालन गरिएको योजनाहरु स्थानिय पालिका, जिलला समन्वय समिती तथा राजनैतिक दलहरु समेतको सिफारिशका आधारमा पारदर्शी किसिमले योजनाहरु छनौट गरि कार्यन्वयन गराईएको ।
काली, सेती, मादी लगायतका नदीहरुको जल–प्रदुषण कम गरि जैविक विविधता संरक्षण तथा प्राकृतिक सुन्दरता कायम गर्न र कालीगण्डकी डाईभर्सन नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराईएको ।


भिमाद वजार संरषणका लागि सेती नदी नियन्त्रण गर्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयवाट वर्षेनी वजेट विनियोजन गराईएको र तनहुँ जलविद्युत आयोजना निर्माणको अन्तिम चरणसम्ममा आयोजनावाटै भिमाद वजारको दीर्घकालिन संरक्षण गर्ने सुनिश्चितता गराईएको ।
खैरेनी, दुलेगौडा, भिाद लगायत जिल्ला अन्य क्षेत्रमा रहेका अव्यवस्थित वसोवासीहरुलाई यथासिघ्र जग्गाधनी प्रमाणपुर्जा उपलव्ध गराउन संसदमा वारमवार आवाज उठाएको, भुमि व्यवस्था आयोग गठन भई विवरण संकलन गरी पुर्जा वितरण गर्ने अवस्थामा सरकार परिवर्तनका कारण काम अधुरो रहन गएको ।
नेपालका ठुला नदीहरुमा जलयान तथा स्टिमर संचालनका लागि नेपाल सरकाको योजना अनुसार कालीगण्डकीमा देवघाट देखि राम्दीसम्म सम्भाव्यता अध्ययन भएको ।
ढोरफिर्दिमा रहेको तामा तथा फलाम खानीको खानी तथा भु–गर्भ विभागवाट सम्भाव्यता अध्ययन भई गुणस्तरको पहिचानको लागि खनिजको नमुना प्रयोगशालामा परीक्षण तथा अधययनको चरणमा रहेको ।
समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्येश्यले भिमादको डुम्रीवेशी, घिरिङको पोखरीछाप र पुट्टारमा थप प्रहरी चौकी स्थापना गराईएको ।


अन्तमा विकास निर्माणको चरणमा रहेको विभिन्न योजनाहरुलाई पुरा गर्न, जनताको आशा र अपेक्षा पुरा गर्न न्यायप्रेमी जनसमुदाय, आम वुद्धिजीवि, समाजसेवी तथा अगुवाहरुमा अनुरोध गर्न चाहन्छु । यहाँहरुको जुन विश्वास छ, त्यो विश्वास मेरा लागी समाज परिवर्तनका लागी सर्देव मार्गनिर्देश वन्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.