गठवन्धन सरकारले धेरै राष्ट्रघातको काम गरेको छ । सिग्देल

रिसिङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार केदार सिग्देलले गठवन्धन सरकारले राष्ट्रघाती काम गरेको वताएका छन् । एमसीसीमा देशमा त्यति धेरै विरोध हुदाँ पनि गठवन्धनमै आवद्ध दलले सडकमा कार्यकर्ता उतारेर विरोध गर्ने तर संसदमा वहुमतको नाममा पास गरेर राष्ट्रघात गरेको वताए । एमसीसीमा जस्ताको तस्तै पास गरेर देशलाई खेलमैदान वनाएको समेत वताए । त्यसैगरि नेपाली नागरिकता विधेयकमा पनि एमालेले रोकेको तर वहुमतको नाममा पटक पटक पास गरेर राष्ट्रपतिकहाँ सिफारिश गरेर देशलाई भड्खलामा जाक्न खोजेको छ, सिग्देललले भने ।
एमालेले त्यसको सशक्त प्रतिवाद गरेको तर गठवन्धन कुर्चि जोगाउने नाममा पास गरेको छ । तर त्यो राष्ट्रपति कार्यलयमा विचाराधिन रहेको वताए । सरकार र सत्ता जोगाउन जस्तो पनि सम्झौता गर्ने गठवन्धन सरकार जति सत्तामा रहन्छ । देश हित विपरित काम गरिरहन्छ, सिग्देलले भने ।
गठवन्धन नै देशका लागी घातक भएको सिग्देलको टिप्पणी रहेको थियो । लोकतन्त्रका स्वच्छ प्रतिष्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्नेमा सत्तासिन दलहरु नै गठवन्धन गरेर विपक्षी दल एमालेको विरुद्धमा लागेर चुनावमा गएको हुदाँ गठवन्धन दल कति कमजोर रहेको छ भन्ने पुष्टि भएको वताए । निर्वाचनमा आफनो दलको घोषणापत्र लिएर जानुपर्नेमा गठवन्धनका नाममा जनतलाई भ्रमित पारेको समेत सिग्देलले वताए ।
जनताले अव देश र जनताको पार्टी को हो भन्ने वुझेका छन् । अत गठवन्धन सरकार वनाएर देशमा सधै अस्थिरता निम्त्याउने कि एमालेलाई जिताएर समृद्ध नेपाल निर्माण गर्ने जनताको हातमा रहेको छ । जनता नै सार्वभौम छन्, फैसला गर्ने समय आएको छ । पक्कै पनि जनताले समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्ता एमालेलाई साथ दिनेछन्, सिग्देलले भने ।
सो कुरा सिग्देलले चुनावी प्रचारको सन्दर्भमा रिसिङमा आयोजित कोणसभालाई सम्वोधन गर्ने क्रममा वताएका हुन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.