‘हार्दिक आभार’ – केदार सिग्देल (विज्ञप्ती सहित)

तनहुँ जिल्ला क्षेत्र नं २, प्रदेससभा ख का मतदाता आदरणीय आमा–वुवा, दाजुभाई तथा दिदीवैनीहरु सवैलाई साईनो अनुसार न्यानो अभिवादन ।
यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा एवं प्रदेशसभा निर्वाचन केन्द्रित रही आत्मा साक्षी राखी यहाँहरु समक्ष सादर निवेदन गर्दछु ।
(१) २०७४ सालको आम निर्वाचनमा तनहूँ २ वाट यहाँहरुकै विश्वासको मत पाएर प्रतिनिधीसभामा निर्वाचित भई निति निर्माण र विकास निर्माणमा आफनो क्षमताले भ्याएसम्म ईमान्दारीपुर्वक सेवा गर्दे एक कार्यकाल पूरा गरेको थिए । पार्टीले आवश्यक मानेमा यो निर्वाचनमा पनि साविककै पदमा उमेदवारी दिन उपयुक्र्त हुने मेरो अभिमत रहेको थियो । पार्टीले स्थायी कमिटी सदस्य क. किरण गुरुङलाई प्रतिनिधीसभामा उम्मेदवार वनाउदै छ भन्ने औपचारिक जानकारी पाएपछि त्यसलाई स्वाभाविक रुपमा ग्रहण गर्दे प्रदेशसभाका लागी भने सम्वन्धित कमिटीहरुवाट सिफारिश भई आएका नयाँ साथीहरु मध्येवाट उम्मेदवार वनाउँदा जायज हुने ठानी त्यसैका लागी तनहूँ–काठमाण्डौ सम्पर्क मंच, पार्टी जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रिय कमिटीका उच्च नेतृत्व तह समक्ष मनोनयन दर्ताको अन्तिम समयसीमा भित्र सम्म हार्दिकतापूर्वक अनुरोध गरेको थिए ।
(२) हाम्रो देशको भुगोल, सामाजिक वनोट–मनोविज्ञान, जनसंख्या, ऐतिहासिक राष्ट्रनिर्माणको प्रक्रिया, भूराजनैतिक अवस्थिति तथा यसको संवेदनशीलता र आधा दशकको व्यवहारिक अभ्यास समेतको पृष्ठभूमिमा संघीयताको औचित्य आम वहसको विषय एकापट्टि छ, एउटा पार्टी सदस्य तथा कृयाशिल कार्यकर्ताको लागि व्यक्तिगत अभिमत भन्ने कुरा पार्टीको दर्शन, सिद्धान्त, निति, निर्णय र निर्देशनको अधिनस्त हुने तथ्य जगजाहेर नै छ । पार्टीले मलाई प्रदेशसभा सदस्य उम्मेदवारको टिकट प्रदान गरेपछि हाम्रो सवै टिम स्पिरिटका साथ निर्वाचनमा होमिनुपर्ने हुन्थ्यो, होमियौ ।
(३) मतगणनाको अन्तीम चरणसम्म आईपुग्दा देशभरमा जस्तै तनहूँ जिल्लाको यस क्षेत्रमा पनि लोकप्रिय मतका आधारमा हाम्रो पार्टी नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित भएको छ । मूलतः नेपाली काग्रेस र माओवादी केन्द्र वीचको अप्राकृतिक गठवन्धन एवं केहि हदसम्म एमालेवाट चोईटिएका नेकपा (एस) द्धारा जुनसुकै मूल्यमा ‘काग्रेस जिताउ–एमाले हराउ’ भन्ने नकारात्मक नीतिका कारण झिनो मतान्तरले हामी विजयी हुन सकेनौ । वर्गिय हित विपरित र सिद्धान्तहीन यस्ता कृयाकलापको निर्मम समिक्षा ईतिहासले भविश्यमा गर्ने नै छ ।
(४) लोकतन्त्रमा विश्वास गर्ने हामी कार्यकर्ताहरुले जनताको अभिमतलाई सहर्ष स्वीकार गर्ने पर्दछ, गर्छो । नेकपा (एमाले) का सूर्य ध्वजावाहक हामी उम्मेदवारहरुको पक्षमा तन–मन र कर्मले सर्मपित भएर अहोरात्र खट्नुहुने नेता–कार्यकर्ता, सहयोगी–सद्भाव र सहभागिता जनाउनुहुने आम मतदाता महानुभावहरु, निर्वाचन सफल पार्न खटिनु भएका कर्मचारी, प्रशासन सवैप्रति स–धन्यवाद आभार व्यक्त गर्दछु । पार्टी नेतृत्वले दर्शाएको विश्वास र भरोसा प्रति सदा ऋणी छु ।
(५) तनहूँ क्षेत्र नं २ (क) वाट विजयी क. श्यामराजा महत ज्यू लाई हार्दिक वधाई ज्ञापन गर्दे हाम्रो पार्टीको तर्फवाट प्रतिनिधीसभाका उमेदवार क. किरण गुरुङ ज्यू लगायत अन्य प्रत्यासी सवै मित्रहरु प्रति गहिरो सहानुभुति प्रकट गर्न चाहन्छु । साथै तनहूँ २ वाट प्रतिनिधीसभा एवं प्रदेशसभामा विजयी उम्मेदवारहरु क्रमशः शंकर भण्डारी ज्यू र जीतप्रकाश आले ज्यूलाई हार्दिक वधाईका साथै सहकार्यको अपेक्षा सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
(६) विगतमा यस क्षेत्रको विकासका सन्र्दभमा हाम्रो पहलकदमीमा कतिपय महत्वपूर्ण योजनाहरु सम्पन्न भईसकेका छन् । यस निर्वाचनमा पराजित भएता पनि आफनो कर्तव्यपथवाट कुनै विचलित हुने छैनौ, निर्माणाधिन रहेका तनहूँ जलविद्युत आयोजना, पृथ्वीराजमार्गको स्तरोन्नती, भीमकाली राजमार्ग, खैरेनी–भिमाद–कावासोती राजमार्ग, गाईघाट–गल्याङ सहायक राजमार्ग, ढोरवाराही–ज्याग्दी करिडोर, सालिग्राम करिडोर, मादी करिडोर, झापुटार–चालिसे मार्ग, सिन्धु–लालध्वज मार्ग, भिमाद–ऋषिङ्गपाटन–ऐरिचौपारी मार्ग, श्रृङशान्ती मार्ग, दुलेगौडा–लामागाँउ–वाडखोला मार्ग, भिमाद–भागर–जरेवर–स्याङजा मार्ग, दुलेगौडा–हर्कपुर मार्ग लगायत ठूला र मझौला सडकहरुका साथै काली, सेती र मादी एवं ठूला खोलाका निर्माणाधीन सडक, पुलहरु, झोलुङ्गे पुलहरुको निर्माण कार्य सुचारु गर्न साथै प्रत्येक स्थानीयतहमा औधोगिक ग्राम स्थापना गर्न, रोजगारी सृजना–उत्पादन–भण्डारीकरण–वजारीकरणको व्यवस्था गर्न, सिंचाई–नदी नियन्त्रण, तटवन्ध तथा वस्तीहरुको संरक्षण गर्न, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको समस्या स्थायी रुपमा समाधान गर्ने लगायतका काममा आफनो स्थानवाट जनताकै वीचमा रहि निरन्तर साथ सहयोग गरीरहने प्रण गर्दछु ।
धन्यवाद ।
केदार सिग्देल
प्रत्यासी, गण्डकी प्रदेश सदस्य, तनहूँ २ (ख)

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.