व्यासको १३ र १४ वडामा ३११ जनालाई निस्सा वितरण । (फोटोफिचर)

व्यास नगरपालिकाको वडा नं – १४

भुमि आयोग तनहुँले व्यास नगरपालिकाको वडा नं १३ र १४ मा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गरेको छ । व्यास नगरपालिका वडा नं १४ को वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा भुमि आयोग तनहुँको अध्यक्ष रामचन्द्र अधिकारीले समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथीहरुमा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, कार्यपालिका सदस्यद्धय नरीमाया राना, रनसिंह नेपाली रहनुभएको थियो ।


सो कार्यक्रममा भुमिहिन दलित ३ जना, भूमिहिन सुकम्वासी ७ जना, अव्यवस्थित वसोवासी ३०१ जनालाई निस्सा वितरण गरिएको थियो । किार्यक्रममा प्रमुख अतिथी अधिकारीले राज्यको समस्याको रुपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण गरि भुमिको अधिकारको लागी पहल गरेको वताउनुभयो । जिल्लाभर नै अव तदारुकताका साथ निस्सा वितरणको कार्य अगाडी वढेको हुदाँ यसको पुर्णता पछि कोही पनि सुकुम्वासी नहुने वहाँले वताए ।


यसैगरि विशिष्ट अतिथी व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुहरुको समस्या समाधान गर्न सरकार र स्थानिय तह लागिपरेको वताउनुभयो । सधै समस्याको रुपमा राख्दा जनताको सरकारप्रति नै नैराश्यता रहेको हुँदा यसको वर्गिकरण र यथार्थमा आयोग लाग्नुपर्ने वताए । निस्सा वितरणले जनतामा आशा पलाएता छ, यसको आवश्यक जाँचवुझ पछि सरकारले पुर्णता दिने समेत वताउनुभयो ।
कार्यक्रममा व्यास नगरपालिकाका कार्यपालिका सदस्य नरिमाया रानाले स्वागत गर्नुभएको थियो भने रनसिंह नेपालीले भुमि आयोगको काम कर्तव्यको वारेमा धारणा राख्नुभएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.