तनहुँ
अमुल्य भाषा, संस्कृतिको संरक्षण गरौ । भाषा, संस्कृतिको जगेर्ना गर्दे पर्यटनको विकास गरौ भन्ने मुल नाराका साथ पाँचौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०७९ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँको अध्यक्ष सुजित हिराचनले पत्रकार सम्मलेनमा अवसरमा महोत्सव हुने जानकारी दिएका हुन् ।
तनहुँको सास्कृतिक, पर्यटन र स्थानिय कृषि उत्पादन र व्यवसायको पवद्र्धन गर्ने मुल्य परिकल्पना गरेको महासंघले तनहुँ जिल्लाको धार्मिक, जैविक एवं सास्कृतिक विविधताको संरक्षण गरि पर्यटन एवं सास्कृतिक क्षेत्रको पवद्र्धन गर्दे जिल्ला भित्र आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आर्कषित गर्ने, महोत्सवकोआयवाट जीवन्त साँस्कृतिक संगहालयको स्थापना गर्ने, स्थानिय उत्पादित वस्तुहरु, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, तनहुँ अन्तरगतका आदिवासी जनजातिहरुलाई प्रशिक्षणको माध्यामवाट सचेतनात्मक र व्यवासाय उन्मुख वनाउँदै जाने महोत्सवको लक्ष्य रहेको आयोजकले वताएको छ ।
महोत्सवमा सास्कृतिक झाँकी सहित प्रभावफेरी, शैक्षिक, विज्ञान तथा कृषि प्रर्दशनी, वाल उद्यान, वालमेला, सुचना प्रविधी सम्वन्धि जानकारी, स्थानिय तथा राष्ट्रिय कलाकारको साथमा मनोरन्जनात्मक तथा साहित्यक सम्मेलन, वाजा गाजा, मौलिक सास्कृतिक कार्यक्रम, विभिन्न नाच, अटोमेला, जातिय नुमना घर, जनजातिको जन्मदेखि मृत्यृ सम्मको ससंस्कारको प्रर्दशनी लगायतको प्रर्दशनी रहने आयोजनकले जनाएको छ ।
पुस २२ देखि माघ ३ गतेसम्म संचालन हुने महोत्सवमा पानकिो फोहरा राखिने, माछापोखरीको निर्माण र राउटे समुदायको उपस्थिती गराउने लक्ष्य राखिएको आयोजकले वताएको छ ।








