नेपाल पत्रकार महासंघ तनहुँको १३ औ साधारणसभा सम्पन्न (फोटोफिचर)

पाैष २, लुम्बिनी

नेपाल पत्रकार महासंघ तनहुंकाे १३ औ साधारणसभा लुम्बिनीमा सम्पन्न भएकाे छ । महासंघका अध्यक्ष उज्ववल पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे साधारणसभामा महासंघका उपाध्यक्ष डिपी अधिकारीले गर्नुभएको थियाे । सभामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले पत्रकारिता क्षेत्रमा राज्यतर्फबाट अन्यायमा परेकाे बताउनुभयाे । साेहि अबसरमा उहाँले सम्पूर्ण सञ्चारमाध्यमहरू एकजुट हुनुपर्ने बताउनुभयाे । साथै स्थानीय तहहरूसंग समन्वय गर्दै सम्पूर्ण सञ्चारमाध्यम टिकाउन प्रयास गर्नुपर्ने बताउनुभयाे ।

साधारणसभामा प्रेस सेन्टर नेपाल तनहूंका अध्यक्ष साने बहादुर नेपाली, प्रेस चाैतारी तनहुंका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि), प्रेस युनियन तनहुँका अध्यक्ष अमर राज नहर्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष साेनी शर्मा, नेपाल पत्रकार महासंघ तनहुंका पूर्व अध्यक्षहरू प्रकाशचन्द्र भट्टराई, डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष एवं सल्लाहाकार अाेमकार अाचार्य,प्रेम प्रसाद पाैडेल,१२अाैं अधिबेसनका निर्वाचन समिति संयाेजक कमलामाेहन वाग्ले, लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । नेपाल पत्रकार महासंघ तनहुंकी उपाध्यक्ष अस्मिता खनालले धन्यवाद मन्तब्य राख्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन सचिव प्रताप रानाले गर्नुभएकाे थियाे ।  सचिव प्रताप रानाले सचिवकाे प्रतिबेदन र काेषाध्यक्ष बिमला कंडेल अार्थिक प्रतिवेदन संसाेधनसहित पारित गरेकाे छ । साेही अबसरमा लुम्बिनी घाेषणापत्र समेत जाारी गरेकाे छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.