अनुदान वितरणका लागी व्यवसायिक फर्मको अनुगमन (फोटोफिचर)

म्याग्दे

व्यवसायिक कृषकलाई लागी अनुदान दिनका लागी म्याग्दे गाँउपालिकाले व्यवसायिक फर्मको अनुगमन गरेको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्र रहेर दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितीका संयोजक घिमिरे, सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेको थिए ।


अनुगमनका क्रममा म्याग्दे ४ मा रहेको नवदुर्गा कृषि तथा पशु फर्म, आशिक भैसी फर्म थर्पु, कायस्थ कृषि तथा पशु फर्म मनहरी, राना वंगुर फर्म लम्तरी, मिलीजुली एकीकृत कृषि तथा पशुपंक्षी फर्म मनहरी, हिमचुली कृषि तथा पशुपंक्षी फर्म मनहरि, थर्पु पशुपंक्षी फर्म लगायतको व्यवसायिक फर्ममा निरिक्षण गरेको हो । सो अवसरमा कृषकले पालिका सँग व्यवासायिक कृषकलाई पालिकाले राहत दिनुपर्ने, वजारको व्यवस्थापन गर्नुपर्ने, औजार उपलप्ध गराउनुपर्ने धारणा राखेका थिए ।


सो क्रममा नवदुर्गा कृषि फर्मका संचालक युवराज शाहीले व्यवासायमा वैकवाट ऋण लिएर ठुलो लगानी गरेको तर वजारको व्यवस्थापन नभएको हुदाँ उत्पादित दुधले वजार नपाएको गुनासो गरे । वास्तविक किसान मर्कामा परेको तर अनुदान तथा राहत अरुले नै पाएको हुदाँ दुखेसो लागेको समेत वताए ।


म्याग्दे गाँउपालिकाले अनुदानका लागी व्यवसायिक कृषकलाई अनुदानका लागी निवदेन दिन आग्रह गरेसँगै कृषकले अनुदान माग गर्दे दिएको निवेदनको अनुगमन गरेको हो । पालिकाले व्यवसायिक कृषकका लागी यस आर्थिक वर्षमा वोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागी, गोठ खोर निर्माणका लागी ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित वजेट वाट कृषकलाई अनुदान वितरण गर्न लागीएको अनुगमन समितीका संयोजक वालकृष्ण घिमिरेले वताउनुभयो ।


पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ वास्तविक कृषक पहिचानका लागी अनुगमन तथा निरिक्षणमा आएको वताए । अनुदानका लागी धेरै जनाको आवेदन परेको हुदाँ वास्तविक कृषकको पहिचानका लागी हामी फर्म निरिक्षणमा आएको र त्यसको आधारमा अनुदान दिईने वताउनुभयो । अनुगमनको संयोजक वालकृष्ण घिमिरेले जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागी फर्म अनुगमनमा आएको वताए । उत्पादित वस्तुको वजारीकरणका सम्वन्धमा पनि पालिकाले चाडै नै धारणा वनाउने हुदाँ उत्पादनले मात्र समृद्ध म्याग्दे वनाउन सकिने हुदाँ असल कृषकलाई पालिकाले अनुदान दिने वताउनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.