प्रेस युनियन तनहुँका अध्यक्ष नहर्की पुरस्कृत

तनहुँ, ११ पुस ।

नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की पुरस्कृत भएका छन् । पत्रकारिताबाट शैक्षिक क्षेत्रमा अतुलनीय सेवा गरेको भन्दै दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले ४७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
विद्यालयको विविध गतिविधी समुदाय समक्ष सूचना सम्प्रेषण गरी विद्यायको गरिमालाई उच्च राख्न सहयोग गरेकोले सम्मान गरिएको विद्यालयले जनाएको छ
दुई दशकदेखि पत्रकारितामा सक्रिय अध्यक्ष नहर्कीलाई नवनिर्वाचित गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक एकबहादुर गुरुङले शुक्रबार संयुक्त रुपमा सम्मान पत्र तथा नगद प्रदान गरे ।
पत्रकार नहर्कीले थुप्रै मान सम्मान पाइसकेका छन् । उनले नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुरस्कार लगायत दजनौं पुरस्कार तथा मान सम्मान पाईसकेका छन् । अध्यक्ष नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता दमौली एफएमको स्टेशन म्यानेजर, दमौली खबर दैनिकको कार्यकारी सम्पादक तथा हुन् । सम्मानकाले काममा थप उत्साह मिलेको पत्रकार नहर्कीले बताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.