म्याग्दे –२, मा २८९ जनालाई निस्सा वितरण । (फोटोफिचर)

म्याग्दे, तनहुँ

म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन म्याग्दे गाँउपालिका वडा नं २ का वडाध्यक्ष शिववहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे कार्यक्रमको प्रमुख अतिथी रहनुभएको थियो ।


लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे–२, मा अव्यवस्थित तर्फ २६३ जना, भुमिहिन सुकुम्वासी तर्फ ८ जना र भुमिहनि दलित तर्फ १८ जना गरि कुल २८९ जनालाई निस्सा वितरण गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथी गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जग्गा प्राप्तिको लागी शुरुवाती चरण शुरु भएको वताउनुभयो । निस्सा वितरणका शुरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुदाँ ढिलो भएको वताउनुभयो । अव सुकुम्वासी र भुमिहिनलाई जग्गाको स्वामित्व दिलाउने कामको शुरुवात भएको छ । अव प्रक्रिया अन्र्तगत अन्य काम हुनेछ । निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने हुदाँ अव जग्गाको नाँपजाँचको काम शुरु हुने वताए ।


निस्सा वितरण कार्यक्रम पुस १० गते १ नं वडा कार्यलयवाट शुरु भई, पुस ११ गते २ नं वडा कार्यलय, पुस १२ गते ३ नंं वडा, पुस १३ गते ४ नं, पुस १४ गते ५ नं, पुस १७ गते ६ नं वडा मा र पुस १८ गते ७ नं वडा कार्यलयमा वितरण गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.