म्याग्देको ४ र ५ वालश्रम मुक्त वडा घोषणा (फोटोफिचर)

म्याग्देको वडा नं ४ र ५ लाई वालश्रम मुक्त वडा घोषणा गरिएको छ । एकीकृत हरित विकास संस्था र म्याग्दे गाँउपालिका वडा नं ४ र ५ ले आयोजना गरेको कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वालश्रम मुक्त वडा घोषणा गरेको हो । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, वडा नं ४ का वडाध्यक्ष दीपक श्रेष्ठ, ५ का वडाध्यक्ष शिव आले, महिला तथा वालवालिका शाखाका प्रमुख शारदा ग्रैह्रे लगायतको व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।


एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरिक्षणवाट वडालाई वालश्रम मुक्त अभियान घोषणा गरिएको हो । संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर वालवालिकाको अवस्थाको वारेमा अध्यनन तथा अनुसन्धान गरेर वडालाई वालश्रम मृक्त अभियान घोषणा गरेको हो । १८ वर्ष भन्दा मुनिका वालवालिकालाई ज्यालादारीमा लगाउन नपाउने, वालवालिकाले पढ्न पाउने हक अधिकार कुष्ठित गर्न नपाउने, वालवालिका भोलि देशको कर्णधार भएको हुदाँ वालवालिकाको वृद्धि विकासमा सवैले ध्यान दिनुपर्ने पालिका अध्यक्ष श्रेष्ठले वताए ।


नेपालको सन्र्दभमा वालश्रम एउटा ठुलो चुनौती भएको वताउनुभयो । सरकारले नै वालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिवले पिल्सिएका वालवालिका अझै पनि वाँच्नका लागी पुर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुखको विषय वताउनुभयो । यो वा त्यो वाध्यतामा वालवालिकाले श्रममा आश्रित हुनु भनेको संवैधानिक हक विपरित भएको हुदाँ वालवालिकाको अधिकारमा राज्य र सम्वन्धित निकाय चनाखो हुनुपर्ने वताउनुभयो । कलिलै उमेरमा हातमुख जोर्नका लागी विभिन्न श्रममा जोडिनु वाध्यता भएता पनि वालवालिकाको पढ्न, लेख्न, खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानिय सरकार साधक वन्नुपर्ने समेत वहाँले वताउनुभयो ।


यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिवीको रेखामा रहेको वालवालिकाको अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको वताउनुभयो । पालिका वालवालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा पालिकालाई नै वालश्रम मुक्त पालिका घोषणा गर्ने गरि लागिएको वताउनुभयो । अझै पनि हाम्रो समाजको सोच पुरातनवादी भएको हुदाँ यसको व्यवहारिक कार्यन्वयनका लागी कठिन भएको समेत वताउनुभयो ।


एकीकृत हरित विकास संस्थाले गरेको काम अति नै सहनिय भएको हुदाँ वडालाई वालश्रममुक्त घोषणा गरेर मात्र नहुने र अव त्यसको निरन्तरताको पक्षमा काम गर्नुपर्ने वताउनुभयो । वालश्रम मुक्त घोषणा कार्यक्रम एकीकृत हरित विकास संस्थाका रक्षा जमरकट्टेलले संचालन गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.