दमौली सुकौरा मोटरमार्ग उपभोक्ता समितीको अध्यक्षमा एचवी थापा

दमौली सुकौरा मोटरमार्ग उपभोक्ता समितीको अध्यक्षमा एचवी थापा चयन भएका छन् । धन वहादुर रिजाली मगरको अध्यक्षतामा भएको १० औ अधिवेशनवाट एची थापा अध्यक्षमा चयन हुनु भएको हो । । व्यास १३ को वडाध्यक्ष वसन्त आलेको प्रमुख आतित्थयतामा भएको अधिवेशनवाट एचवी थापाको नेतृत्वमा ११ सदस्यीय समिती सर्वसम्मत चयन भएको हो ।
समितीको उपाध्यक्षमा ज्ञान वहादुर थापा, सचिवमा देवराज परियार, कोषाध्यक्ष सरास्वती थापा मगर, सहसचिव कुमार थापा मगर चयन भएको छ भने सदस्यहरुमा लेख वहादुर थापा, विष्णु थापा, सनिसरा थापा, सुर्यनाथ पन्थ, केशर थापा र नन्द कुमारी आले चयन भएका छन् ।
अधिवेशनका प्रमुख अतिथी व्यास १३ का वडाध्यक्ष वसन्त आलेले मोटरमार्गको वाकी काम नयाँ समितीवाट पुरा हुने विश्वास गरे । मोटरमार्गको विकासको लागी आफु सधै तैयार भएको हुदाँ समितीको काममा सधै आफनो साथ रहने वताए । यसैगरि नवनिर्वाचित अध्यक्ष आलेले दमौली सुकौरा मोटरमार्ग सवैको आशा र विश्वास रहेको हुदाँ सवैको साथ र सहयोगले अगाडी वढ्ने वताए । सवैको भविश्य जोडिएको यो मार्गको पक्की निर्माणका लागी आफुले सक्दो भुमिका खेल्ने समेत अध्यक्ष थापाले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.