गाउँपालिका अध्यक्ष अधिकारी नेतृत्वको टोलीद्धारा विद्यालय अनुगमन

जनक श्रेष्ठ,

दोर्दी गाउँपालिका

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी नेतृत्वको टोलीद्धारा यहाँको विद्यालयको अनगुमन गरेको छ । पालिका अध्यक्ष अधिकारीसहित उपाध्यक्ष विच्छबहादुर घले, शिक्षा शाखा प्रमुख भिमप्रसाद लामिछाने, आन्तरिक लेखा परिक्षक मानबहादुर बुढा लगायतको टोलीले सोमबार पालिकाको वडा नं ५ पाचोकमा रहेका विभिन्न विद्यालयको अनुगमन गरेको हो ।
सो वडाभित्र रहेका पाचोक माध्यमिक विद्यालय, मण्डली आधारभूत विद्यालय, गणेशदेवि आधारभूत विद्यालय र बिन्दावासिनी आधारभूत विद्यालय गरी ४ वटा विद्यालयको उक्त टोलीले स्थलगत अनुगमन गरेको हो । शैक्षिक क्षेत्रको अवस्थाको अध्ययन गर्दै आवश्यक कुराहरुको सुधार तथा विद्यालय मर्ज गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले अनुगमनका क्रममा विद्यालयहरुमा विद्यार्थी संख्या न्यून रहेको पाइएको बताउनुभयो । थोरै विद्यार्थी भएको विद्यालय अर्को विद्यालयमा मर्ज गरेर सञ्चालन गर्दा विद्यार्थी संख्या धेरै हुनुका साथै गुणस्तरीय शिक्षामा सहज हुने भएकाले कम विद्यार्थीहरु भएको विद्यालय मर्ज गर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, पालिकाको सबै वडाभित्र रहेका अधिर्काश विद्यालयहरुमा विद्यार्थीहरु न्यून रहेको जानकारी आएकाले अनुगमनलाई तीब्रता दिँदै मर्ज गर्दै शैक्षिक क्षेत्र सुधान तर्फ पालिका अघि बढन् थालेको छ । पालिकाले केही महिना अघि वडा नं. १ भारतेका विभिन्न विद्यालयहरु समेत अनुगमन गरिसकेको छ । सो अनुगमनका क्रममा विद्यार्थी कम भएको विद्यालयहरु मर्ज गर्ने निर्णय समेत पालिकाले गरेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.