म्याग्दे गाँउपालिका गाँउसभाको १३ औ अधिवेशन सम्पन्न (फोटोफिचर)

म्याग्दे गाँउपालिका

म्याग्दे गाँउपालिका गाँउसभाको १३ औ अधिवेशन सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको गाँउसभामा २६ वटा कानुनहरु परिमार्जित सहित पास गरिएको छ ।


पहिलो पटक संसदीय परम्परा अनुसार शुरु गरिएको गाँउसभाको आरम्भमा गण्डकी प्रदेश सभाको अधिवेशनको भिडियो सहित सभा शुरु गरिएको थियो । वैठकको प्रारम्भमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाँउसभाको कार्यक्रम तालिका प्रस्तुत गर्नुभएको थियो भने गाँउसभामा हरेक प्रस्तावमाथी विषयगत छलफल गरिएको थियो ।


१३ औ गाँउसभाले कार्यपालिकाले गरेका निर्णय अनुमोदन, योजना तथा कार्यक्रम फरफारक, नदिजन्य घाट तथा निजि जग्गा उत्खनन, मेडपा कार्यक्रम वजेट स्वीकृत, श्रम तथा रोजगार शाखा स्थापना , सभाको सचिवालय स्थापना, निकाशी ठेक्का सम्वन्धमा, वालश्रममुक्त गाँउपालिका घोषणा, वजेट रकमान्तर तथा शंशोधन, ईन्धन सवारी मर्मत खर्च, अधिकार प्रत्यायोजन सम्वन्धि कानुन पारित गरेको छ ।


यसैगरि गाँउसभावाट भु उपयोग योजना, भुमि वर्गिकरण अनुमोदन, वढुवा नियुक्ति अनुमादेन, विधेयक स्विकृत सम्वन्धि, करार नविकरण सम्वन्धि, फरक क्षमता भएका (क) वर्गको माग, आवधिक योजना, सडक गुरुयोजना, डिजिटललाईजेशन उपयोग र निरन्तर अध्यावधिक, अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत तोक आदेश, विविध विषय र अधिवेशन अन्त्य सम्वन्धि कानुन पारित गरेको छ ।


गाँउसभामा म्याग्दे गाँउपालिकाको साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्वन्धि विधेयक २०७९, सार्वजनिक लेखा समितीको अर्ध वार्षिक प्रतिवेदन, न्यायिक समितीको अर्ध वार्षिक प्रतिवेदन, खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्थापन गर्न वनेको विधेकय २०७९, म्याग्दे गाँउपालिकाको भुमि विधेयक २०७९, वन व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७९ विधेयकमाथी गाँउसभाका सदस्यहरुले दफावार छलफल गरि पारित गरिएको थियो ।


कार्यक्रममा सुशासन समितीको प्रतिवदेन समितीको संयोजक सुनिता नेपालीले प्रस्तुत गर्नुभएको थियो यसैगरि न्यायिक समितीका संयोजक एवं पालिका उपाध्यक्ष वालकृष्ण घिमिरेले यस आव मा अर्धवार्षिक प्रगतिमा न्याय तथा निरुपण सम्वन्धि प्रतिवेदन पेश गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.