पार्थदीमा वडा स्तरीय भलिवल प्रतियोगिता शुरु

पाथर्दी, भिमाद

पाथर्दी युवा क्लवको आयोजनामा भिमाद–९ पार्थदीमा वडा स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । नेकपा (एमाले) भिमाद नगर कमिटीको अध्यक्ष ईमान थापाले उद्घाटन गर्नुभएको सो प्रतियोगिता २०७९ माघ १ गते सम्म चल्नेछ ।
खेलाडी शुद्ध गाँउ तथा साविक वडा स्तरीय हुनुपर्नेछ । खेलमा प्रथम हुनेलाई ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यसैगरि प्रतियोगितामा वेस्ट प्लेयर, वेस्ट लिफटर, वेस्ट किपर र वेस्ट डिफेन्डरलाई पनि पुरस्कृत गरिनेछ ।


उद्घाटन कार्यक्रममा सम्वोधन गर्दे प्रमुख अतिथी ईमान थापाले खेल जीवनको महत्वपुर्ण अंग भएको वताए । खेलले जीवनमा सकारात्मक सोचको विकास गराँउदछ, नियमित खेल जीवनले जीवनमा स्वतस्र्फुत ल्याउँदछ, जसले समाज परिवर्तनमा भुमिका खेल्दछ, प्रमुख अतिथी थापाले भने ।
खेल र खेलाडी देशका गहना हुन् । खेलका माध्यामवाट देशको नै विश्वमा नाम रहेको प्रसंग उल्लेख गर्दे थापाले खेलाडीहरु भोलिका देशका कर्णधार भएको वताए । खेल र खेलाडीको वृत्तिविकासमा सिंगो देश नै अभिभावकत्व वन्नुपर्ने प्रमुख अतिथी थापाले वताए ।
माघे सक्रान्ती मेलाको अवसरमा पर्यटन प्रर्वधन तथा विकासको लागी शुरु गरेको कार्यक्रममा फुटवल, कौरा नृत्व, छेलो हान्ने खेल लगायत विभिन्न सास्कृतिक कार्यक्रम हुने आयोजकले वताएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.