सिपले आत्मनिर्भर वनाउँछ – अध्यक्ष श्रीप्रसाद श्रेष्ठ (फोटोफिचर)

स्वामीभन्ज्याङ

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिपले आत्मनिर्भर वनाउने वताउनुभएको छ । सिपलाई हाम्रो समाजमा हेयुको दृष्टिले हेरेता पनि सिप जीवन यापनको मेरुदण्ड हो, अध्यक्ष श्रेष्ठले वताए । सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाईको समापनमा अध्यक्ष श्रेष्ठले सो कुरा वताएका हुन् ।


सानो सानो लगानी गरेर सिपको व्यवहारिक सिकाई पछि प्राप्त तालिम जीवन उपयोग हुन्छ, आफुले जानेको सिपको निरन्तरतामा ध्यान दिएमा यसले अन्तत प्रतिफल दिन्छ । समाज समृद्ध वनाउनका लागी उत्पादन र आत्मनिर्भर विना सम्भव नहुने हुदाँ हरेक सिप समुहमार्फत गर्दा त्यसले सकारात्मक प्रभाव पार्ने अध्यक्ष श्रेष्ठले वताए । सीप धेरै सिक्नुभयो, तर हरेकले फरक फरक वस्तुको उत्पादनमा लाग्नुहोस, जसले वजार प्राप्त गर्न सजिलो हुन्छ । चाडै नै कमाउने ध्येय मात्र नभई दीर्घकालिन सोचका साथ लाग्ने हो भने आत्मनिर्भर वन्न र जीवन चलाउन गाह्रो छैन, अध्यक्ष श्रेष्ठले वताए ।


म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले म्याग्दे –७, को स्वामीभन्ज्याङ्गमा नयाँ पशु उद्यमी तर्फ कृषि तथा पशु पालिन तालिम अन्र्तगत १० जना कृषकलाई ७ दिने तालिम दिएको थियो भने क्रिस्टलको गहना तथा फाईवरका माला वनाउने तालिममा १६ जना स्थानिय समुदायलाई व्यवहारिक सिकाई तालिम दिएको गाँउपालिकाका अधिकृत सातौ एवं मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले वताए ।


कार्यक्रममा क्रिस्टलको गहना तथा फाईवरका माला वनाउने तालिम लिएका विनु परियारले तालिमले आफुलाई हौसला मिलेको र चाडै नै व्यवसायिक उत्पादनमा लाग्ने वताए । गरे हुने रहेछ, अहिले सवै तालिममा सिकेको माला वनाउन सक्नेछ, परियारले वताए । यसैगरि कानुमाया थापाले सिप विकास तालिमले अव आफुलाई केही गर्ने जाँगर र आत्मवल मिलेको वताए । तालिममा सवै कुरा सिकेको छु, तर त्यसलाई निरन्तरता दिन सकिदैन कि भन्ने चिन्ता लागेको छ । अव पालिकाले लघु उद्यमीलाई सिप सँग जोडिएर कच्चा पदार्थ खरिदका लागी सहयोग गर्नुपर्ने समेत वताए ।


म्याग्दे ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा र पालिकाले विभिन्न जनलक्षित कार्यक्रम ल्याएको हुदाँ त्यसको उपयोग गरेर स्वनिर्भर वन्न र सल्लाह सुझाव दिन आग्रह गरे । वडामा पकेट तरकारी खेतीको कार्यक्रमको लागी अन्र्तरक्रिया गर्न लागेको हुदाँ उत्पादनले मात्र समृद्ध वन्न सकिने वताए । सिप जीवनको गहना भएको हुदाँ काम ठुलो सानो नहुने अध्यक्ष श्रेष्ठले वताए । वडा नं ७ को स्वामीभन्ज्याङमा भएको कार्यक्रमको संचालन एक कुमार श्रेष्ठले गरेका थिए ।


८ दिन सम्म व्यवहारिक सिप सिकाई कार्यक्रममा सहभागीहरुलाई वरमाला पोते वनाउने, क्रिस्टलको मोतीको चुरा वनाउने, फुलमाला को पोते वनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला वनाउने, रानीहार, दुवोमाला वनाउने तालिम प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.