सुस्तमनस्थितीका सुमन १० दिनदेखी वेपत्ता ।

छोरा खोजिदिन परिवारको आग्रह

घुम्ति, थर्पु

सुस्तमनस्थितीका सुमन १० दिनदेखि वेपत्ता भएका छन् । म्याग्दे गाँउपालिका वडा नं ४, घुम्ति निवासी २४ वर्षिय सुमन श्रेष्ठ यहि माघ ९ गते देखि वेपत्ता भएका निजको वुवा राम प्रसाद श्रेष्ठले वताए ।
सधैजसो दमौली गएर आउने गरेका सुमन माघ ९ गते देखि नआएको र खोजीको लागी काठमाण्डौ, चितवन पुगेता पनि पत्ता नलाग्दा दुखी छु, छोरा खोजीका लागी प्रहरी कार्यलयमा जाहेरी दिएपनि कुनै खवर नआएको हुदाँ धेरै चिन्तित भएको वताए । सुमनको आमा उमादेवी छोराको पिरले भावव्हिल वनेर वेहोस जस्तो छ । छोराको जीवनरक्षाको लागी सवैमा अनुरोध गर्दछु, निजको वुवा रामप्रसादले भने ।


विहान वेलुका नै छोराले दवाई खानुपर्ने थियो । छोराको उपचारको लागी धेरै ठाँउमा लगियो । तर सुधार भएन । छोराले मान्छे चिन्ने भएता पनि कहिले काही भुल्ने समस्या थियो । छोरालाई छिमेकले काठमाण्डौमा भेटेको भएता पनि आउने वेलामा छोरा वेपत्ता भएकोले छोरालाई केही भएको चिन्ताले सताएको छ, वुवा रामप्रसादले भने ।


करिव ५ फुट ४ ईन्चका अग्ला सुमनले दुवै हातमा गेडा भएको डोरी वाधेका छन् । सुमन रामप्रसादका माईलो छोरा हुन् । वुवा रामप्रसादले छोरा भेटिएमा जिल्ला प्रहरी कार्यलय तनहुँ र थर्पुमा सम्पर्कका लागी अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.