महिला सञ्जालको अध्यक्षमा राममाया थापा मगर

जिल्लास्थित दोर्दी महिला सञ्जालको अध्यक्षतामा राममाया थापा मगर सर्वसम्मत चयन हुनु भएको छ । पालिकाको वडा नं. ४ नौथर सेरामा बुधबार बसेको सञ्जालको भेलाबाट अध्यक्षमा थापा मगर निर्वाचित हुनु भएको हो । सञ्जालको अध्यक्षतामा निर्वाचित थापामगर दोर्दी गाउँपालिका वडा नं. २ अर्चलबोटका स्थानीय हुनुहुन्छ । उहाँ नेकपा –एमाले) लमजुङको जिल्ला सदस्य तथा वडा इन्चार्ज समेत हुनुहुन्छ । त्यस्तै, विसं. २०७२ देखि विसं. २०७६ अर्थात् चार वर्ष नेपाल मगर संघ लमजुङको जिल्ला अध्यक्ष तथा सो भन्दा अघि दुई कार्यकाल सचिवको जिम्मेवारी समेत सफलता पूर्वक निर्वाह गरिसक्नु भएको छ । त्यस्तै, हाल अर्चलबोटमा रहेको आधुनिक बहुउदेश्यक सहकारी संस्थाका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ सामाजिक अभियान्त समेत हुनुहुन्छ ।

त्यस्तै, उपाध्यक्षमा ढोडेनीका गोमा भारती सचिवमा भारतेका जानुका अधिकारी, कोषाध्यक्षमा नौथरका गोमा अधिकारी, सहसचिवमा गंगा गिरी निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा बिकुमारी गुरुङ, मैतकुमारी गुरुङ, कुशकुमारी घले, विनु विक, आरती घिमिरे, समिक्षा विक र इन्दिरा गिरी सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित पदधाकारी तथा सदस्यहरुको कार्यकार्यल दुई वर्षको हुनेछ । सो भेलालाई सम्बोधन गर्नुहुँदै दोर्दी गाउँपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक अम्बिका मरहट्ठोले महिला सञ्जाललाई निति, नियम अनुसार कार्यक्रम गर्न गराउन सहयोग गर्ने बताउनुभयो ।

महिलाहरको क्षेत्रमा काम गर्न प्रपोजहरु तयार गरेर पालिकासँग समन्वय गरेर अघि बढ्न उहाँले आग्रह समेत गर्नुभयो । महिलाहरुको हकहितका लागि र सिप सिकेर महिलाहरु आत्मनिर्भर बनाउनका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोडदिनुभयो । सञ्जालको अध्यक्ष तथा पालिकाको वडा नं. ७ का वडाध्यक्ष रिसमाया गुरुङको अध्यक्षतामा सम्पन्न सो भेलामा पालिकाका आर्थिक विकास समिति संयोजक लालमाया मिजार, हिमकुमारी गुरुङ, दोर्दीका निर्वतमान कार्यपालिका सदस्य उषा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.