नेपाल ईन्भेष्टमेन्ट मेघा वैकद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न (फोटोफिचर)

नेपाल ईन्भेष्टमेन्ट मेघा वैक लिमिटेड जामुने तनहुँ शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दे गाँउपालिकाको राधा माध्यामिक विद्यालय र आर्दश अग्रेजी स्कुलमा शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।


वैकले राधा माध्यामिक विद्यालय कक्षा ९ र आर्दश अग्रेजी विद्यालयका कक्षा १० का विद्यार्थीसँग अन्र्तक्रिया कार्यक्रम गरेको हो । वित्तिय साक्षरता कार्यक्रममा वैकिङ्ग सेवा तथा डिजिटल वैकिङ्ग सम्वन्धि जनचेतना कार्यक्रम गरिएको हो । वैकले आफनो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विश्व सम्पदा राष्ट्रिय सम्पदा तथा प्राकृतिक सम्पदा संरक्षण तथा सम्र्वधन गर्नका लागी विभिन्न क्षेत्रमा आर्थिक सहयोग समेत गर्दे आएको वैकका शाखा प्रवन्धक विश्व राज पौडेलले वताए ।


कक्षा ९ का ३५ जना र कक्षा १० का २८ जना विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा राधा माविका प्रधानाध्यापक खुम राज तिवारी, शिक्षकहरु उज्जल लोहनी, सन्जिव काफले आर्दश विद्यालयका प्रधानाध्यापक नारायण वहादुर क्षेत्री, शिक्षकह अम्मर लामा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन वैकका सहायक कर्मचारी अर्जुन घिमिरेले गरेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.