जनतासँग जोड्ने काम मिसन ग्रासरुटले गर्दछ । विद्या भट्टराई (एमाले) केन्द्रिय सदस्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य एवं माननिय विद्या भट्टराईले जनतासँग पार्टीलाई जोड्ने काम नै मिशन ग्रासरुट भएको वताउनुभएको छ । मिसनग्रासरुटले जनता र पार्टी सँगको सम्वन्धलाई जीवन्त राख्न महत्वपुर्ण भुमिका खेल्ने हुदाँ यसको सफलीभुत कार्यन्वयन नै अवको आवश्यकता भएको वताउनुभयो ।


पार्टीमा ३ पुस्ते नेता कार्यकर्ता भएको हुदाँ यसको उचित व्यवस्थापन गरेर न पार्टी वलियो वनाउन सकिने भट्टराईले वताए । हिजो पार्टी भुमिगत हुदाँ देखि विभिन्न राजनैतिक आन्दोलनमा त्याग तपश्या गरेको पुस्ताको विचार र भावनालाई सम्मान गर्दे आजको पुस्ता अगाडी वढ्नुपर्ने वताए । यो वैज्ञानिक युगमा प्रविधिको समुचित प्रयोग गर्दे पार्टीलाई आम जनतासँग जोड्नुपर्दछ । यो अभियान अव निरन्तर रहने हुदाँ समाजमा हुने विकृत्ति विसंगति लाई चिर्दे पार्टी परिवर्तन तर्फ उन्मुख हुनुपर्ने भट्टराईले वताए ।


पार्टी सदस्यता नविकरण देखि टोल कमिटी गठन यो अभियानमा पर्ने हुदाँ सम्पुर्ण पार्टी कार्यकर्तालाई योजनावद्ध रुपमा लाग्न वहाँले आग्रह गर्नुभयो । यो अभियानको व्यवहारिक कार्यन्वयनले पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विकास गर्ने हुदाँ निरन्तर जनतासँग जोडिन समेत वहाँले आग्रह गर्नुभयो ।
नेपाल कम्युनिट पार्टी (एमाले) व्यास नगर कमिटी वडा नं ५ द्धारा आयोजित कार्यक्रममा सासंद भट्टराईले सो कुरा वताउनुभएको हो । वडा कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सल्लाहाकार सदस्य एकवहादुर राना, प्रदेश सचिवालय सदस्य विष्णुभक्त सिग्देल जिल्ला सदस्य प्रेम प्रसाद पौडेल, नगर कार्यवाहक अध्यक्ष तुलसीराम पाण्डेले धारणा राख्नुभएको थियो भने सचिव सुदिप पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.