रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा सम्पन्न (फोटोफिचर)

तनहुँ । 

रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्‍याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्‍याक्ट क्लबको होस्ट र को-होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको छ । रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसेपाटिले 

होस्ट गरेको उक्त कार्यक्रमकोरोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको गरेको रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

 आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्न उक्त कार्यक्रम गरिएको रोटर्‍याक्ट क्लबअफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए । कार्यक्रमको अध्यक्षता रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्यएवम् काङ्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले रहेका थिए ।

रोटर्‍याक्ट बाटो देखाउने होइन बाटो बनाएर हिँड्न सिकाउने संस्था हो : साँसद पौडेल

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य एवम् काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप प्रदिप पौडेलले रोटर्‍याक्ट बाटो देखाउनेहोइन बाटो बनाएर हिँड्न सिकाउने संस्था भएको बताए ।रोटर्‍याक्ट एउटा युवापिढीलाई कसरी नेतृत्व गर्ने र गराउन सक्ने सामाजिक संस्था भएकाले अझै बढी युवापुस्ता क्लवतर्फ आकर्षितगर्नुपर्ने उनले  बताए । उनले भने ‘अहिलेको युवा पुस्ता क्लवमा आवद्ध भएर नेतृत्व गर्न सक्ने क्षमता बनाउनुका साथै आफै सक्षम बन्नसक्छन् । त्यतिमात्र होइन उनीहरुको नेतृत्व गर्ने क्षमताको विकास हुन्छ जसले गर्दा उ नेता बन्न पनि सक्छ ।

 त्यसैले यो संस्था बाटोदेखाउने होइन बाटो बनाएर हिँड्न सिकाउने संस्था हो । नेता पौडेलले विकास भन्दा बेथिति बढी भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।देशलाई संवृद्दि तर्फ लैजान सुशासन र विकासको कामहरु गर्नुपर्नेमा विकृति र विसंगति मौलाउँदै गएको उनले टिप्पणी गरे । सो दोस्रो पिएस मिट र पेट्स सेट्समा रोटर्‍याक्ट क्लबका वर्तमान अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्यसदस्यहरु लाई प्रशिक्षण दिइएको थियो । आगामी वर्षका अध्यक्षलाई डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल, पुर्व डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ सुशिल कुमार कार्कि रआगामी वर्षका डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ रोशन कार्कीले प्रशिक्षण दिएका थिए । यस्तै आगामी वर्षका सचिवलाई रोटा वर्ष २०१७-१८ का डिष्ट्रिक सचिव प्रदिप धिताल, डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ नोमिनि क्षत्री रडिष्ट्रिक टेक्निकल अफिसर सुशन धितालले प्रशिक्षण दिएका थिए । त्यस्तैगरी जोनल रोटर्‍याक्ट रिप्रेन्टेटिभहरुलाई डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल र डिष्ट्रिक सचिव दिनेश गैह्रेले प्रशिक्षणदिएका थिए ।सो कार्यक्रममा होस्ट क्लब रोटर्‍याक्ट दमौलीले विभिन्न मौलिक तथा साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा नेवा: समुदायको लाखे नाच छङ्गेली नेवा: खलबाट, नेवा तजिलजि पुच: बाट कुमारी नाच र मगर समुदायको कौरा नृत्य भिक्टोरिया डान्सएण्ड एक्टिङ स्कुलबाट प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा देशभरका करिब १८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरुआएको कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए । उनका अनुसार देशभरबाट करिब ७ सयको हाराहारीमा उपस्थिति रहेकोथियो । कार्यक्रममा करिब २० लाखको खर्च रहेको क्लवले जनाएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.