एशियन लाईफद्वारा वृद्वआश्रममा सहयाेग

तनहुँ , २१ चैत्र /

जेष्ठ नागरिक चाैतारि वृद्धाआश्रमा रहेका वृद्ध बृद्वालाई एशियन लाईफ ईन्याेरेन्स कम्पनी लिमिटेडकाे १५ ओ वार्षिक उत्सवकाे अवसरमा मगलवार दमाैलि शाखाले खाधान्य तथा फलफुल वितरण कार्य सम्पन्न गरेकाे छ । व्यास ५ तनहुँमा अवस्थित साे आश्रममा रहेका बृद्व वृद्वालाई कम्पनिकाे तर्फबाट सामाजिक उतरदायित्व अन्तरगत फलफूल र खाधान्य वितरण गरिएकाे शाखा प्रवन्धक बिनाेद सुवेदिले बताए । आश्रममा रहेका ९ जना आमा, बुवालाई सम्मान सहित सामाजिक सेवा अनुसार फलफूल र खाधान्य वितरण गरेकाे शाखा सम्वन्धक प्रवन्धक चन्द्रमा ढकालले बताईन । आश्रमका अध्यक्ष तारानाथ घिमिरेले बृद्वलाई सम्झेर पराेपकारि कार्य गरनुभएकाेमा सस्थालाई धन्यवाद दिएका थिए । साे कार्यक्रममा सगिता अधिकारी,स्वस्थि उपरकाेटि, अभिकर्ता दिलवहादुर आले,ममता वस्नेत लगायत सहभागी भएका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.