दमौली ।
तनहुँ क्षेत्र नं १मा प्रतिनिधी सभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका सर्वेन्द्र खनालले जालझेलको राजनीति गर्न नजाने पनि देश र जनताको हितका लागि राजनीति गर्न जानेको बताएका छन् । बुधवार प्रेस चौतरी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दै खनालले सधैं देश र जनताको हितका लागि राजनीति गर्ने बताएका हुन्।
‘धेरैले मलाई राजनीतिक पृष्ठभूमि छैन, राजनीति गर्न जानेको छैन भन्ने लाल्छना लगाउछन्, हो मैले छल र जालको राजनीति गर्न जान्दिन तर राष्ट्रिय हितका लागि राम्रोसँग राजनीति गर्न जानेको छु’ । ‘उनले भने म यही ठाउँले जन्मिएको छोरो हुँ, यही माटोको कसम खाएर भन्छु बिकास र सेवा बाहेक अन्य स्वार्थ छैन ।
आफुसँग ३० वर्ष राष्ट्र सेवकको रुपमा काम गरेको अनुभव रहेको चर्चा गर्दै देशको भ्रष्टाचार र बेथिती नियन्त्रण र न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सक्ने दाबि गरे । ‘मेरो उम्मेदवारीमा देश र जनताको सेवा बाहेक अन्य कुनै स्वार्थ छैन, आम नागरिकको मुहारमा खुशी ल्याउने काम मात्र गर्नेछु’ उनले भने ।
राजनीतिको लामो अनुभव नभएपनि मुलुकको कानुनी व्यवस्था र कार्यावन्यनका मामलामा नजिक रहेर काम गरेकाले संसदको रुपमा प्रभावकारी काम गर्न सक्ने उनले दाबि गरे । ‘सुशासन र सुरक्षाका लागि राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा मैले गरेको योगदानको समिक्षा गर्ने हो भने यहाँ म भन्दा योग्य उम्मेदवार अरु लाग्दैन’ उनले भने । साथै बिगतको कार्य दक्षता र योगदान नै आफ्ना जीतका आधार भएको उनले स्पष्ट पारे ।
समृद्धिका लागि सुरक्षित वातावरण अहरिहार्य भएकाले सुरक्षालाई प्रमुख प्रथामिकता दिएर भ्रष्टचारमा शुन्य सहनशिलता र पारदर्शीकालाई अग्र स्थानमा राख्ने उनले प्रतिवद्धता व्यक्त गरे । जनताका समस्यामा भन्दा सत्ता केन्द्रित राजनैतिक प्रवृत्तिले जिल्लाको अपेक्षित बिकास नभएको उनले टिप्पणी गरे । ‘मलाई कसैसँग रिस, राग छैन सबैसँग समन्वय गरेर जिल्लाको पूर्वाधार निर्माण र बिकासका लागि काम गर्न चाहन्छु’उनले भने ।
जनताका सामु अनेकौं प्रतिज्ञा गरेर काम नर्गे प्रवृत्ति तोडन चाहेको उनले बताए । प्रतिज्ञा बमोजिम काम गर्ने आफ्नो बानी रहेको समेत उनले दावि गरे । देशको पछिल्लो परिस्थिती, कानुनमा भएका त्रृटि र कमजोरीले आफुलाई राजनीतिमा होमिन प्रेरित गरेको उनी बताउछन् । सँगै सांसद अपहरण मुद्धाको प्रसंगमा उनले भने ‘म जीवनभर त्यस्ता अपराधका विरुद्ध लडेको मलाई राजनीतिक प्रतिशोध राखेर झुठो मुद्धाको आरोप लाइयो त्यसको पीडा मैले जीवनभर भोग्नुपर्ने भयो’ ।
साथै जनताको प्रतिनिधिको रुपमा काम गर्ने चाहना भएकाले बिगतको योगदानलाई सृक्ष्म विश्लेषण गरेर मत दिन उनले आग्रह गरे ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य भगवती न्यौपाने, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कंडेल लगायतको उपस्थिती रहेको थियो ।








