ताङतिङतोनि नासामा तमू, गुरुङ संचारकर्मी संघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न 

कास्की 

यही २०७९ चैत २४ देखि आज आइतबार २६ गतेसम्म आयोजित सम्पन्न महाधिवेशनले आगामी कार्यकालका लागि संचारकर्मी चित्रबहादुर गुरुङ”लाला” स्याङजाको अध्यक्षतामा उपाध्यक्ष खिमाकुमारी गुरुङ, कास्की, महासचिव चित्रबहादुर गुरुङ चितवन,सचिव कोमबहादुर गुरुङ, रुपेन्देही, कोषाध्यक्ष अनिता गुरुङ, गोरखा,सदस्यहरुमा क्रमशः केशब गुरुङ, काठमाडौं, किरण गुरुङ, कास्की, केशव गुरुङ, गोरखा, इन्द्रबहादुर गुरुङ, कास्की, दोलख गुरुङ, धादिङ, दानबहादुर गुरुङ, चितवन लाई नयाँ कार्यसमितिमा सर्वसहमत निर्विरोध निर्वाचित गरेको जनाएका छन् ।

तमू ,गुरुङ सञ्चारकर्मी संघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन चैत २४-२६, कास्की जिल्लाको ताङतिङ गाउँमा सम्पन्न भइ जारी गरिएको घोषणा पत्र

१, सम्पूर्ण तमू सञ्चारकर्मीबीच नियमितसंपर्कमा रहि व्यक्तिगत तथा व्यवसायिक सम्बन्ध अभिवृद्धिका

लागि उपयुक्त वातावरणको निर्माण गर्ने । २, तमू सञ्चारकर्मीहरुको दक्षता तथा क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको व्यवस्थासंगै स्थानीय

तथा प्रदेश तहमा कार्यरत सञ्चारकर्मीहरुलाई मूलधारको सञ्चार माध्यममा अवसरको सहजिकरणमा

जोड दिने ।

३। संस्थालाई सक्रिय तुल्याउदै संस्था र तम् सञ्चारकर्मीहरुको प्रतिष्ठा अभिवृद्धि गर्न निरन्तर कृयाशील रहने ।

४। सञ्चार क्षेत्रमा आउने तमू समुदायका नया पिढीलाई प्रोत्साहित गरिने ।

५। कार्य क्षेत्रमा खटिदा वा अन्य अवस्थामा आइपर्ने भवितव्य दुर्घटनामा सामुहिक रुपमा सहयोग लिने, दिने व्यवस्थाका लागि संस्थाले प्रभावकारी ढंगले काम गर्ने । त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारसंग आवश्यक समन्वय गर्ने ।

६, तमू सञ्चारकर्मीहरुलाई व्यवसायिक रूपमा सबल बनाउन र उनीहरुको आर्थिक अवस्था सुदृढ तुल्याउन

विभिन्न उपायहरुको खोजी तथा अवसरहरु सिर्जना गरिने छ । ७। राष्ट्रिय स्तरका सञ्चार माध्यमहरुका समाचार कक्ष तथा कार्यक्रम उत्पादनमा समावेसी बनाउन

दवावमुलक कार्यक्रम सञ्चालन गर्ने ।

८, राष्ट्रिय सञ्चार माध्यमहरुमा संविधानमा व्यवस्था भएको समावेशी सम्बन्धि ऐन नियमहरुको अक्षरशः कार्यान्वयन गर्दै समावेशी ऐन नियमविपरितका सबै व्यवस्थाहरु तत्काल संशोधन गर्न दवाव दिने ।

९, देशका सबै भाषाभाषीहरुको संरक्षण र संवर्धन गर्नका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारलाई दवाव दिने ।

१०, प्रदेश र स्थानीय तहमा रहेका पहिलो भाषालाई प्राथमिकता दिइ त्यसमा समाचार तथा कार्यक्रम उत्पादन र प्रशारण गर्ने र स्थानीय तहमा सञ्चालनमा रहेका छापा तथा विद्युतीय सञ्चार माध्यममा नियमित रुपमा प्रकाशन तथा प्रशारणको व्यवस्था मिलाउन दवाब दिने ।

११, देशका आदिवासी, जनजतिहरुको पहिचानलाई चीरस्थायी बनाउन संविधानप्रदत्त पहिचान सबन्धि अधिकारहरुको कार्यान्वयन गर्नका लागि दवावमूलक कार्यक्रमहरु गर्ने ।

१२, आदिवासी जनजातिहरुको क्षेत्रको जल, जमिन र जंगलसँग उनीहरुको परम्परागत धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जिविकाको सम्बन्धलाई मध्यनजर गरी त्यस्ता क्षेत्रमा सञ्चालन गरिने कुनै पनि विकास निर्माणका काममा स्थानीय आदिवासी, जनजतिहरुका अधिकारलाई उच्च प्राथमिकतामा राख्न र उनीहरुको सम्पूर्ण अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१३, विश्वभर छरिएर रहेका तमू समुदायका भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि उपयुक्त वातावरण सिर्जना गर्न सञ्चार क्षेत्रबाट बहस र पैरवी गर्ने ।

१४, देशभरका सञ्चार माध्यममा प्रशारण भैरहेका गुरुङ ९तमू० भाषाका कार्यक्रम र समाचारहरुको विवरणसहितको अभिलेख तयार पार्ने ।

१५, तमू समुदायको भाषा, संस्कृति, संस्कार, धर्म, परम्परा र ऐतिहासिक पृष्ठभूमिको उजागर गर्ने तथा समुदायको सवांगिण हक, हित र प्रतिष्ठा अभिवृद्धि हुने किसिमका कार्यक्रम तयार पारि देशभरका सञ्चार माध्यमहरुबाट प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था मिलाउने ।

१६, कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँको कृषि, पर्यटन, घरेलु उद्योगलगायतका विभिन्न क्षेत्रको विकाससँगै स्थानीय गुरुङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धनका लागि ठोस कार्यक्रम ल्याई तदारुकताकासाथ कार्यान्वयनमा ल्याउन गण्डकी प्रदेश सरकार र संघीय सरकारसंग तम् सञ्चारकर्मी संघ, नेपाल जोडदार माग गर्दछ ।

१७, तमू ,गुरुङ सञ्चारकर्मी संघको पाँचौं राष्ट्रिय महाधिवेशन कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ गाउँमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय बासिन्दा, स्थानीय आमा समुह, स्थानीय युवा क्लब र विभिन्न सहयोगी दाताहरुबाट प्राप्त भएको सहयोगको उच्च प्रशंसा गर्दै संघ हार्दिकतापूर्वक कृतज्ञता जाहेर गर्दछ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.