यहाँ संञ्चालित तीन दिने मौरी पालन क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा बेँसीसहरमा शुक्रबारदेखि सुरू भएको यस तालिममा आज सम्पन्न भएको हो । जिल्लाका मौरी जोन कमान्ड क्षेत्रका मौरी पालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत मौरी जोन कमान्ड क्षेत्र भित्र पर्ने बँेसीसहर, दोर्दी,सुन्दरबजार, मध्यनेपाल, दुधपोखरी र क्व्होँलासोंथर गाउँपालिकाका गरि ३० जना सहभागी भएका थिए । सहभागिहरुलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र र वर्ग विभाजन, मौरीको शारिरिक बनावट कार्य विभाजन, मौरीगोला निरीक्षण, मौरी गोलामा हुने वार्षिक जीवनचर्या र समासमायिक गोला व्यवस्थापन, मौरीमा हुल निर्यास र त्यसको व्यवस्थापन, मौरी गोला संयोजन तथा मौरी गोला विभाजन प्रयोगात्मक र व्यहारिक तालिममा मुख्य विषय रहेको थियो ।

त्यस्तै, मौरीको पालनमा प्रयोग हुने घार तथा उपकरणहरुको जानकारी कृतिम आहार, आधारचाका, आधारचाका व्यवस्थापन, मौरीको लडाई झगडा, लुटपाट र त्यसको रोकथाम, वितपाते कर्मि मौरी तथा त्इसको व्यवस्थापन, मौरी चरण पात्रो निर्माण तथा व्यवस्थापन, मौरीका रोग र कुपोषण, विषादी र मौरी, मह त्एपादन, प्रशोधन, भण्डारण र प्रयोग, फिल्ड, मौरीजन्य उत्पानहरु लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा सहभागिहरुलाई कार्यालय प्रमुख अजय अधिकारी, पुर्व कार्यालय प्रमुख दीपक अधिकारी, कृषि अधिकृत हरि मिजार, सवइन्जिनिय अनोज धिताल, परियोजनाका नायव प्राविधिक सहायक बुद्वीलाल आले, जोन सञ्चालक समितिका संयोजक केशबहादुर गुरूङ, सचिव वेनबहादुर गुरूङले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीलाई प्रयोगात्मक सिकाईसहित मौरी पालनमा आवस्यक सामाग्री पनि वितरण गरिएको थियो । तालिममा सहभागिहरुलाई वस्तुगत टेवा अन्तर्गत प्रति ब्यक्तिलाई ५ सय बराबरको एक एक वटा मौरी टोपी प्रदान गरिएको थियो । तालिममा सहभागिहरुलाई समापन कार्यक्रममा परियोजनाका निवर्तमान प्रमुख अधिकारीले अविर लगाई दिएको थियो भने, परियोजना प्रमुख अधिकारीले मौरी पालन पुस्ती र प्रमुख अतिथि रहनु भएका कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रमाण पत्र वितरण गर्नुहुँदै केन्द्रका प्रमुख खतिवडाले यस तालिमले सहभागिहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धि भएको र तालिम प्रश्चात् मौरी पालन व्यवसायबाट मौरी पालनका हरेक क्रियाकलापलाई व्यवसायिक रुपमा अघि बढाउने सक्ने अपेक्षा गर्नुभयो ।
यस विषय प्राविधिक विषय रहेपनि यसमा व्यवस्थापकिय पक्षहरु जबसम्म सुधार गर्न र व्यवस्थापनलाई गहिरो नजरले हेरेर योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । तालिममा सहभागिहरुले तालिमबाट धेरै मौरी पालन सम्बन्धी ज्ञान हासिल गरेकाले दक्ष र सफल व्यवसायि बन्न उत्पेरणा मिलेको बताएका थिए ।








