अर्थतन्त्रलाई तहस नहस पार्ने नेक्सस तोड्नेछु – सर्वेन्द्र खनाल (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फवाट तनहुँ क्षेत्र नं १, प्रतिनिधीसभा उपनिर्वाचनको उम्मेदवार सर्वेन्द्र खनालले देशमा भएको अर्थतन्त्रलाई तहस नहस पार्ने नेक्सस तोड्ने वताएका छन् । देशको अर्थतन्त्र सिमित व्यक्तिको हातमा भएको हुदाँ त्यो अवस्थालाई तोड्न आफुले सक्ने वताए । सिमा नाकामा हुने तस्करीलाई आफुले कारवाही गरेको, कानुनी राज्यको प्रत्याभुत गराएको हुदाँ अर्थतन्त्र सवाल वनाउन आफुले त्यो नेक्सस तोड्ने वताए ।


फरक प्रसंगले देशमा वित्तिय संकट निम्तिएको, जसले गर्दा आम जनतामा आक्रोश पैदा भएको हुदाँ त्यसलाई समिती मार्फत वनाएर समस्या समाधान गर्नुपर्ने वताए । जनताको अधिकारलाई संसदमा उठाएर त्यसको व्यवहारिक कार्यन्वयमा आफुले पहल गर्नुपर्ने समेत खनालले वताए ।
आफनो उम्मेदवार सवैको हितका लागी भएको हुदाँ कुनै पनि स्वार्थ आफुमा नभएको समेत वताए । सवैको अनुहार हसिलो वनाउनको लागी आफनो उम्मेदवारी भएको समेत वताए । नेपाल र नेपालीको शिर उँचो हुने गरि काम गर्ने आफनो लक्ष्य भएको हुदाँ जनताको विश्वास नतोड्ने समेत खनालले वताए । चुनावी अभियानको क्रममा खनालले सो कुरा वताउनुभएको हो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.