सर्वेन्द्र जिताउन एमालेले खटायो, महेश वस्नेत (फोटोफिचर)

आम निर्वाचनमा तनहुँ क्षेत्र नं १ को निर्वाचन पेचिलो वनेको छ । यहि वैशाख १० गते हुने आम निर्वाचनमा सो निर्वाचन क्षेत्रवाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित वनेपछि रिक्त रहेको क्षेत्रमा हुन लागेको चुनावमा देशको नै ध्यानाकर्षण भएको छ ।


नेपाली काग्रेसले जितेको सो क्षेत्रमा जसरी पनि जित्नुपर्ने वाध्यतामा छ भने सोही क्षेत्रमा एमालेले नेपाल प्रहरीको पुर्व आईजीपी सर्वेन्द्र खनाललाई मैदानमा उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद डा स्वर्णिम वाग्लेलाई उतारेको छ । नेपाली काग्रेसले गोविन्द भट्टराईलाई उठाएको छ भने उसले यो निर्वाचनमा आफनो प्रतिष्ठालाई जोडेको छ । त्यसैले पनि अहिलेको तनहुँको निर्वाचन क्षेत्र नं १ रोमान्चक वनेको छ ।


नेपाली काग्रेसले सो क्षेत्रमा दुवै महामन्त्री उतारिसकेको छ भने रास्वपाले रवि लामिछाने । एमालेले पनि सो निर्वाचन हेर्नका लागी नेकपा एमालेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङ, सचिव पद्या अर्याल र युवा ईन्चार्ज महेश वस्नेतलाई कमाण्डर वनाएको छ । यो चुनाव सवैको प्रतिष्ठाको विषय वनेको हुदाँ सवैले जित्नैपर्ने वाध्यताका साथ केन्द्रिय नेताहरुलाई खटाएको हो ।


एमालेको युवा ईन्चार्ज महेश वस्नेतले यो तनहुँ क्षेत्र नं १ को निर्वाचन जित्ने दावी गरे । नेपाली काग्रेसका महत्वकांक्षाका कारण चुनाव भएको हुदाँ अव एमालेले जित्नेछ । यसका लागी हामी सम्पुर्ण युवालाई यो निर्वाचनमा परिचालन गर्नेछौ, वस्नेतले वताए । देशमा राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका सन्र्दभमा एमालेले खेलेको भुमिका नै जितको आधार भएको वस्नेतले वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.