मातातिर्थ औंसीमा सुनारद्वारा आश्रमलाई सहयोग

विहिबार
तनहुँ- मातातिर्थ औंसीको दिन नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सचिव केशबहादुर सुनार दम्पत्तिले व्यास ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई १० हजार रुपैंयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला सदस्य समेत रहेका सुनार र सुनारकी श्रीमती पार्वतीले आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई चामल, तेल, विस्कुट लगायतका खाद्यान्न सहयोग गरेका हुन् । आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलाई सुनार दम्पत्तिले खाद्यान्न प्रदान गरेका थिए । आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई चाडपर्वमा मिठो खाना र आफन्तको अभाव नहोस् भन्ने ठानेर आमाको मुख हेर्ने दिन पारेर आफूहरुले खाद्यान्न प्रदान गरेको सुनारले जानकारी दिए । सुनार दम्पत्तिले यस अघि पनि बाचौं र बचाऔं भन्ने भावका साथ विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएका थिए ।
यसरी खाद्यान्न प्रदान गरिनुले अन्य मनकारीलाई समेत दान गर्नु पर्ने सोंचको विकास हुँदै गएको आश्रमकी अध्यक्ष श्रेष्ठले बताईन् । खाद्यान्न सहयोग गर्ने सुनार दम्पत्तिलाई अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गरिन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.