म्याग्दे गाँउपालिका स्तरीय ३ दिने बाख्रा पालन तालिम शुरु (फोटोफिचर)

वि वि श्रेष्ठ

म्याग्दे गाँउपालिकाले पालिका भित्र रहेका कृषकलाई ३ दिने बाख्रा पालन सम्वन्धि तालिम शुरु गरेको छ । म्याग्दे गाँउपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष ०७९।०८० को स्विकृत कार्यक्रम अनुसार ७ वटै वडावाट सिफारिश भई आएको २५ जना कृषकलाई ३ दिने बाख्रा पालन सम्वन्धि तालिम दिन लागेको हो ।


गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको तालिममा कृषकलाई बाख्रा पालनको लागी खोर व्यवस्थापन, आहार व्यवस्थापन, प्रजनन व्यवस्थापन र रोग व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम दिईएको पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहले वताउनुभयो । तालिममा बाख्रा पालनका लागी स्थानिय स्रोत साधनवाट खोरको निर्माण, घाँस खेती र अन्य आहार व्यवस्थापन, हाडनाताको सम्वन्ध, घरेलु उपचार विधि, आन्तरिक तथा वाह्य परजीवि नियन्त्रण, रोगी तथा निरोगी बाख्राको पहिचान र खोपको वारेमा तालिममा जानकारी दिईनेछ ।


कार्यक्रमका प्रमुख अतिथी पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका कृषकको जीवनस्तर सुधार्नका लागी जिम्मेवार रहेको वताए । हामी कृषकहरु आत्मनिर्भरका लागी मात्र कृषि र पशुपालन गर्दा आर्थिक रुपमा सवल र सक्षम वन्न नसकेको हुदाँ पशुपालनलाई व्यवसाय तर्फ उन्मुख वनाउनुपर्ने वताए । जीवन यापनले मात्र आर्थिक समृद्धि हुन नसक्ने हुदाँ अवको वाटो नै व्यवसायिक पशु तथा कृषि भएको हुदाँ त्यसमा नै लाग्न आग्रह गर्नुभयो । कृषकको समस्या समाधान र कृषकको आय आर्जनमा पालिकाले सक्दो सहयोग गर्ने हुदाँ बाख्रा पालन तालिममा सिकेको सीपलाई व्यवहारमा उत्तार्न आग्रह गर्नुभयो ।


त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले उत्पादन र कृषिमा आत्मानिर्भर वन्न नसक्दा आर्थिक अवस्था सुढृढ हुन नसकेको वताए । आधुनिक युगमा वैज्ञानिक तवरवाट कृषि र पशुपालन गरेर आत्मनिर्भर वन्न सकिने वताए । सवैले कृषि तथा पशु पालन गर्ने तर व्यवसायिक नहुदाँ त्यसले परिणाम नदिएको हुदाँ तालिमवाट सिकेको विषयलाई लागु गरेर अगाडी वढ्नुपर्ने वताए ।


यसैगरि पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले तालिमले कृषकहरुलाई तालिमले आत्मविश्वास वढाउने विश्वास व्यक्त गरे । पशु चिकित्सक एव पशु सेवा शाखाका प्रमुख डा. विनय शाहले प्रशिक्षण दिने सो तालिममा पशु सेवा प्राविधिक रचना घिमिरे, दिवस पौडेलले सहजीकरण गर्नेछ । सैद्धान्तिक तालिमपछि व्यवहारिक रुपमा खोरको अनुगमन तथा निरिक्षण समेत गरिने प्रमुख प्रशिक्षक शाहले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.