लामाीडाँडामा घरै पिच्छे धारा

दोर्दी गाउँपालिका वडा नं. ४ लामीडाँडा गाउँको ३९ घरमा घरैपिच्छे धारा निर्माण भएको छ । दोर्दी गाउँपालिका र गोरखा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा धारा निर्माण भएको हो ।
गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार मनकामना आधारभूत विद्यालय र  नागरिक सचेतना केन्द्रमा समेत एउटा÷एउटा धारा निर्माण भएको छ । सो विद्यालयमा एक शौचालयसहित गाउँमा ४१ वटा खानेपानी धारा निर्माण भएको उहाँको भनाई छ । ३६ लाख ६७ हजार ३ सय ८५ रुपैया ८७ पैसा लागतमा उक्त संरचना निर्माण सम्पन्न भएको छ । यीमध्ये गोर्खा वेल्फेयरको ३१ लाख ४ हजार ८ सय १८ रुपैया ५ पैसा, गाउँपालिकाको ३ लाख ११ हजार र उपभोक्ताको ३ लाख २८ हजार ८ सय ५० रुपैया बराबरको जनश्रमदान रहेको बताइएको छ । विसं. २०७९ पौस ८ गते निर्माण थालनी गर्दै विसं. २०७९ चैत १४ गते सम्पन्न भएको थियो ।
 उक्त संरचना गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सोमबार हस्तान्तरण गर्नुहुँदै घरघरमा धारा बनेपछि स्थानीयको दैनिकीमा सहज हुने बताउनुभयो । घरैपिच्छे धारा निर्माणले स्थानीयको समयको सदुपयोग हुने बताउनुभयो । उपाध्यक्ष विच्छबहादुर घलेले घरैपिच्छे धारा पु¥याउने अभियानका साथ तिब्र गतिमा अघि बढिरहेकाले धारा नपुगेको घर बस्तीहरुमा चाडै धारा पुग्ने बताउनुभयो ।


वडाध्यक्ष मिनबहादुर गुरुङले  धारा नहुदा नागरिकलाई पानीकै दुख भएको र हाल घर घरमै पानी आउदा सहज बनाएको बताउनुभयो  । वडामा यसअघि सार्वजनिक धारा ५  ंवटा रहेको थियो । वर्खामा कहिले पानी आउने कहिले नआउने समस्या थियो, पानी आउदा पनि धमिलो र त्यहि पानी भर्न लामो समय पालो पर्खेर भर्नुपर्ने थियो । अब ती समस्या हट्दा स्थानीय हर्षित भएका छन् उहाँले भन्नुभयो ।
गोरखा वेल्फेयरका आयोजना प्रबन्धक गुरुङका अनुसार आयोजनाले यस अघि पालिकामा दासडाँडा खानेपानी आयोजना,श्रीमाञ्ज्याङ खानेपानी आयोजना, कामचोक खानेपानी आयोजना, खहरे खानेपानी आयोजना, सिमि खानेपानी आयोजना, लप्सीबोट खानेपानी आयोजना, उपल्लो दैलुङ खानेपानी आयोजना, टापगाउँ खानेपानी आयोजना,किर्तिपुरगाउँ खानेपानीलागयतका आयोजनाहरु सञ्चालन गरी करिव ८ सय घरमा खानेपानीको व्यवस्था गरेको छ । आयोजनाको जेठ ८ गते किर्तिपुर गाउँ खानेपानी आयोजना पालिकालाई हस्तान्तरण गरिने गोरखा वेल्फेयरका आयोजनाले जनाएको छ । 

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.