तनहुँ, शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको २०७९ असार २९ गते देखि २०८० वैशाख सम्म ईन्धनमा मात्र ६९ लाख ८४ हजार ८ सय एकह्त्तर रुपैया खर्च गरेको छ ।

जसमा १० महिनाको अवधिमा कुल ईन्धनमा पेट्रोल तर्फ १२,९६०.८५ लिटर खर्च गरेको छ भने डिजल तर्फ २८,५८६.२० लिटर खर्च गरेको छ ।
प्रेट्रोल तर्फ १२,९६०.८५ को २२ लाख अडसट्टी हजार एक सय अड्चालिस रुपैया र डिजल तर्फ २८,५८६.२० को ४७ लाख १६ हजार सात सय तेईस खर्च गरि कुल ६९ लाख ८४ हजार ८ सय एकह्त्तर रुपैया खर्च भएको छ ।

यसैगरि गत आर्थिक वर्षमा कुल ८,९४८ लिटर पेट्टोल र १८,००४ लिटर डिजल खर्च गरेको थियो । यो सँगै नगरपालिकाको गतिविधि माथी नै प्रश्न चिन्ह खडा भएको छ भने जनस्तरमा व्यापक विरोध भएको छ ।








