व्यास नगरपालिका र संयुक्त व्यवसायिक कृषक समुह वीच अन्तरक्रिया (फोटोफिचर)

व्यास नगरपालिकाका नगरप्रमुख वैकुष्ठ न्यौपानेकोसहजीकरणमावैक तथा वित्तिय संस्था र व्यवसायिक कृषकहरु वीचको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त कृषक संघर्ष समिती तनहुँ र व्यास नपा भित्रका वैक, लघुवित्त कम्पनि,वीमा कम्पनिका वीचमा कृषकको समस्या र समाधानका वारेमा दुवै पक्षका वीच अन्तरक्रिया कार्यक्रम भएको हो ।


जिल्लाका कृषकहरु वैक तथा वित्तिय संस्थावाट प्रताडित हुन परेको, उत्पादनको उचित वजार नभएको भन्दै विगत देखि नै सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै आएकोछ । कृषकलाई सम्वोधन गर्न सकेमात्र सम्पुर्ण निकाय चलाएमान वनाउन सकिने हुदाँ कृषक संघर्ष समितीले विभिन्न माग राख्दै आएको छ । जसअन्र्तगत उत्पादनमा आधारित कृषि अनुदानको व्यवस्था, सरकार मार्फत सिधै कृषि कर्जा तथा वीमा सुविधा, कृषि उत्पादन सरकारद्धारा सोझै खरिदको ग्यारेन्टी, कृषकलाई भुक्याउने वैकवाट क्षतिपुर्तिको व्यवस्था, कृषकलाई सुकुम्वासी वनाउने काम वन्द गर्ने मागहरु रहेका थिए ।


यसैगरि पर्दा पछाडीको लिलामी सकार्ने वैकिङ गिरोहको सम्पति छानविन, विदेशी विषादीयुक्त तरकारी,फलफुल तथा पशुपंक्षी आयात वन्द, निश्चित हदसम्मको कृषि कर्जा मिनाहा, परियोजना धितोमा ० प्रतिशत व्याजदरमा कृषि कर्जा प्रवाह, कृषि कर्जालाई २० वर्षे पुनर्तालिकाकरण, कृषि कर्जा तथा अनुदान अपचलन गर्नेलाई तुरुन्त कारवाही, लघुवित्त कम्पनिलाई नियन्त्रण, किसान पेन्सन योजना, दावी भुक्तानी नदिने वीमा कम्पनि खारेजी र राष्ट्रव्यापी किसान विद्रोहलाई सम्वोधन लगायतका मागहरु रहेका छन् ।


सो अवसरमा संयुक्त कृषक संघर्ष समिती तनहुँका अध्यक्ष मित्र दुराले कृषकको समस्या समाधान नहुने भने राज्य पनि चल्न नसक्ने हुदाँ अविलम्व कृषकका माग पुरा गर्नुपर्ने वताए । कार्यक्रममा व्यास नगरपालिका भित्रका सम्पुर्ण कृषकहरुले कृषकका समस्याका वारेमा धारणा राखेका थिए ।


कार्यक्रममा प्रमुख अतिथी एवं सहजीकरण कर्ता व्यास नगरपालिकाका प्रमुख वैकृष्ठ न्यौपानेले कृषकको मागमा व्यास नगरपालिका गम्भिर रहेको वताए । कृषकको आम समस्या समाधान गर्न राज्य नै तत्पर हुनुपर्ने अवस्था आएको हुदाँ नगरपालिका सदैव कृषकको समाधानमा तत्पर रहेको वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.