व्यास नपामा जनप्रतिनिधीको १ वर्षे उपलव्धी के के भयो ?

२०७९ वैशाख ३० मा देशै भरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको हामी सबैलाई अवगतनै छ । व्यास नगरपालिकाको निर्वाचनको मतगणना सम्पन्न भई आजकै दिन जेठ ११ गते देखी हामी जनप्रतिनिधिहरुले सपथ ग्रहण सम्पन्न गरी कार्यभार प्रारम्भ गरेको एक वर्ष व्यतित भएको स्मरण गर्दै सम्पुर्ण व्यास नगरवासी बुबा आमा एवं दाजुभाई दिदीबहिनिहरु, सरोकारवाला, सञ्चारकर्मि सबैमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौ । विगत निर्वाचनमा हामीहरुले विशेष गरी अधुरा योजना सम्पन्न गर्ने र विकासको प्रवाह बाट पछाडी परेका वर्गलाई मुल प्रवाहमा ल्याउने प्रतिबद्दता जाहेर गरेका थियौ । विगत १ वर्षमा भएका मुख्य मुख्य उपलब्धि र चुनौतिहरुलाई तल बुदाँगत रुपमा स्पष्ट गरिएको छ ।

१)        विगत १ वर्षमा नगर सभा २ पटक (असार र पौष), कार्यपालिका वैठक २५ पटक सर्व सम्मत रुपमा सम्पन्न भएका छन ।

२)        भूमि आयोग अन्तरगत कुल ६,८९८ दरखास्त (भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी) प्राप्त भएकोमा ६,७०४ लाई निस्सा वितरण गरिएको र जग्गा नापी प्रकृया प्रारम्भ हुन गइरहेको छ ।

३)        व्यास नगरपालिका स्वास्थ्य ऐन २०७९, सामुदायीक राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका कार्यविधि, २०८० पारित भई स्वास्थ्य शिविर, मुटु वचाउ अभियान शिविर अन्तरगत ९,५०० नगरबासीले सेवा लिनु भएको, गर्भवति र जेष्ठ नागरीकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ ।

४)        चालु आ.वमा १,८९१ जना कृषकलाई पशुपन्छिका लागि औषधि वितरण, एकीकृत घुम्ति सेवा शिविरमा १,९५५ कृषकलाई पशुपन्छि स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिएको, सहकारी मार्फत विक्रि हुने दुध र खसी बोकामा उत्पादन अनुदानलाई निरन्तरता दिइएको, पशु प्रबर्द्धन (गाई, भैसीं, भेडा, बाख्रा) कार्यक्रममा अनुदान वितरण, खोप सञ्चालन, क्रितिम गर्वधारण सेवा, किसानहरुलाई तरकारी, मकै, धानको विउ वितरण, ३,२०० कृषक घरधुरी सूचिकृत, सहकारी संस्थाहरुको सशक्तिकरण लगायतका विविध क्रियाकलाप गरिएको छ।

५)        विगत १ वर्षमा नगरपालिका भित्र २३३ घर नक्सा  पास, ३६० सम्पन्न, ४०५ डि.पि.सी सम्पन्न , घर कायम ६, नयाँ घर दर्ता २६५, नक्सा नामसारी १३०, नक्सा नविकरण ५५ भएका छन भने अनलाइन नक्सा दर्ता आ.ब २०७७/०७८ बाट प्रारम्भ भएको, यस वर्ष सम्पुर्ण फाइल अनलाईन प्रविष्टिकरण सम्पन्न गरिएको छ ।

६)        व्यास नगरपालिकाको यस वर्षको कुल वजेट रु. १,७१,६५,०९,०००।- रहेकोमा हालसम्मको कुल आय १,१३,१३,८६,९८९।३०(६५।९१%) भएको छ । प्राप्त आयमा कुल खर्च प्रतिशत ५१।७०% रहेको छ । चालुतर्फ खर्च प्रतिशत ६८।२०% रहेको छ भने पुँजीगत तर्फ ३३।७९% रहेको छ । आन्तरिक आयतर्फ रु.२२,६०,००,०००। अपेक्षा गरिएकोमा आजका मिति सम्म रु.११,०९,०३,७४४।७९ प्राप्त भएको छ ।

७)        आ.ब २०७९/८० का लागि तोकिएका १,२४५ योजनाहरु मध्ये ६९५ कार्य सम्पन्न भएका, ४४४ सम्झौता भएका, १०३ सम्झौता हुन बाकिँ र ४ सूचना प्रकाशनमा गएका छन । यसरी विश्लेषण गर्दा ५६% योजना सम्पन्न, ३६% सम्झौता भएका, सम्झौता नभएका ९% देखिएको छ । पुर्वाधार तर्फ महत्वपुर्ण निम्न कार्यहरु भएका छन ।

क)     गण्डकी प्रदेश सरकारसंगको सहकार्यमा दमौली केशवटार मार्ग कालोपत्रे रु. १ करोड ३० लाखको योजना निर्माण प्रकृयामा रहेको । संघ सरकारसंगको समपुरक योजना अन्तरगत खड्गकाली मार्ग कालो पत्रे थप निर्माणका लागि टेण्डर भइसकेको छ ।

ख)    विश्व वैंकको सहयोगमा नेपाल शहरी शासकीय पुर्वाधार विकास कार्यक्रम अन्तरगत पराशर मार्ग(घाँशिकुवा- फराकचौर- पोख्रेलफाँट-माझँफाट-नरङ्गा-कलेस्ती) डि.पि.आर पुनरावलोकन हुदै, डि.पि.आर पुनरावलोकन सम्पन्न भएपछि टेण्डर प्रकृयामा जानेछ ।

ग)         वडा नं ६,१३,१४ को सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण कार्य भइरहेको छ।

घ)        व्यास-११ पोल्याङमा शितभण्डार निर्माण कार्य सम्पन्न भई सञ्चालनको तयारी भएको छ।

ङ)       व्यास-१० वैरेनीमा एकीकृत जग्गा विकास आयोजनाका लागि नगर विकास कोष संग जग्गा सम्झौता भई पूर्वाधार निर्माणका लागि जग्गा सम्याउने कार्य भइरहेको छ।

च)      संघ सरकारसंगको विशेष योजना अन्तरगत व्यास-०५ मानुङकोट लिफ्टीङ खानेपानी आयोजना, व्यास-१४ केशवटार लिफ्टिङ खानेपानी योजना, (गजौडे पुल) को २*२ करोडको टेण्डर प्रकृया अघि बढाइएको छ ।

छ)      व्यास ०३, शिवपञ्चायन क्षेत्रमा १०८ फिट उचाईको व्यासको मुर्ती निर्माण कार्य अघि बढिरहेको छ ।

ज)       व्यास-०३ वि.पी वनवाटिका खेल मैदान, व्यास-११ कोलढुङ्गा क्रिकेट मैदान, व्यास-०५ पराशर खेलमैदान र चिन्तुटार खेल मैदान लगायतका खेल मैदानहरु निर्माणधिन अवस्थामा रहेका छन ।

झ)       व्यास १० मा नारेश्वर ताल निर्माण कार्य प्रारम्भ भएको र यस नगरपालिकाको पहलमा मादीनदी तटबन्ध कार्यमा प्रदेश सरकारको सहयोगमा तटबन्ध कार्यलाई अघि बढाइएको छ ।

८)        व्यास नगरपालिकाको नगर सभाबाट विगत १ वर्षमा ९ वटा विधेयक, १२ कार्यविधि, २ निर्देशिका पारित गरि लागु गरिएको छ ।

९)        शिक्षा तर्फ ४३ जना अभिभावक विहिन बालबालिकालाई आवासीय सुविधा समेत समता विद्यालय सञ्चालन गरिएको, नेपाल सरकार शिक्षा विभागबाट काटिएको ५३ प्रा.वि दरबन्दी मिलान गरिएकोमा यस कार्यमा सहयोग पुर्याउने २२ जना शिक्षकलाई सम्मान गरिएको, शिक्षक दरबन्दी काटिएपछि दरबन्दी अभाव भएका विद्यालयहरुमा ४० जना स्वंयसेवक शिक्षक नियुक्ती गरी खटाइएको, शैक्षिक सत्र २०७९ को सम्पुर्ण विद्यालयको तथ्याङ्क IEMIS मा अध्यावधिक गरिएको, बालबालिका शिक्षकहरुलाई ४ दिने क्षमता अभिबृद्दी प्रशिक्षण दिइएको, राष्ट्रपति

 शैक्षिक सुधार कार्यक्रम अन्तरगत ६ विद्यालयमा भवन निर्माण र ३ विद्यालयमा आइ.सि.टि कार्यक्रम सञ्चालन भइहेको छ । यसवर्ष कक्षा ८ को वार्षिक परिक्षा नगर स्तरीय सञ्चालन गरी सम्पन्न गरिएको छ ।

१०)   अपाङ्गता भएका र दलित व्यक्तिहरुको समाजिकीकरण प्रकृयामा सहयोग पुर्याइएको, सामाजिक सुरक्षा भत्ता सम्बन्धित वैंक संग समन्वय गरी वडाहरुबाटै वितरण गर्ने व्यवस्था मिलाइएको र यस वर्ष ८५.२७% सामाजिक सुरक्षा भत्ता खर्च भइसकेको छ । शैक्षिक वेरोजगार महिलालाई अनुदान दिने कार्यक्रम अघि बढाइएको छ ।

११)         फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रकृया अघि बढाई सफाई केन्द्रको स्थायी प्रबन्ध नहुदाँ सम्म वडा नं १३ र ३ का स्थानीय बासीसंग समन्वय गरि फोहोर विसर्जन कार्य दैनिक रुपमा गरिदै आएको छ ।

१२)         व्यास नगरपालिका अन्तरगत उद्यमशिलता विकास परियोजना(मेड्पा) र सुरक्षित वैदेशिक रोजगार(सामी परियोजना)  अन्तरगत उद्यमशिलता, रोजगार प्रबर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न निर्माण कार्यमा सूचिकृत व्यक्तिहरुलाई रोजगारी प्रदान गरिएको छ । साथै ओम राजश्री मल्टि एग्रो प्रा.लीको सहयोगमा वडा नं ५,११ र १३ मा मकैको भुत्ला र थाकलको टोपि र झोला बुन्ने(महिलाहरुका लागि) तालिम सञ्चालन गरिएको छ ।

१३)         नवप्रवर्तनिय साझेदारी कार्यक्रम अन्तरगत व्यास नगरपालिकाका प्रत्येक वडा डिजिटलाइजेसन प्रकृया अघि बढिसेकको छ । पारदर्शी कार्य सम्पदानका लागि नागरीकले सम्पति कर अनलाइन प्रणालिबाट भुक्तानि गर्ने व्यवस्था मिलाइएको, हरेक वडामा डिजिटल नागरीक वडा पत्र, सि.सिटि.भि क्यामेरा र वायोमेट्रिक हाजिरिको व्यवस्थापन मिलाईएको छ ।   

१४)         नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृती तथा पुनः श्रम स्वीकृती प्रदान गर्ने कार्य आजैबाट व्यास नगरपालिका श्रम रोजगार सेवा केन्द्र बाट प्रारम्भ गरिएको छ ।

अन्त्यमाः यस वर्ष आर्थिक मन्दिका कारणले संघ, प्रदेश सरकारले पनि समानिकरण वजेट अन्तरगत अन्तिम किस्ताको ५०% अनुदान कटौति गरेको, आन्तरिक आम्दानीमा आजसम्म करिब ५०% कम भएको, क्रमागत योजनाहरुको भुक्तानीको चाप र दबाबले यस वर्ष लक्षित गरिएका सबै योजनाहरुलाई सम्पन्न एवं सञ्चालन गर्न कठिन भएको अवस्था रहेको छ ।  आम नगरवासी, सरोकारवाला निकाय एवं सञ्चार क्षेत्र समेतबाट प्राप्त सहयोगका लागी धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा नगरको विकास अभियानमा इमान्दारी पूर्वक कार्य गर्ने प्रतिबद्दता व्यक्त गर्दछौ । 

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.