सधै विवादित रहँदै आएको व्यास नगरपालिकामा अर्को वेथिती देखिएको छ । यो सँगै व्यास नगरपालिका जनताप्रति उत्तरदायी छैन भन्ने पुष्टि भएको छ । व्यास नगरपालिकाल ०७८।०७९ मा खाना तथा खाजा र अतिथी सत्कार खर्चमा मात्र १ करोड ११ लाख ४ हजार विना कागजात पुष्टि गर्ने आधार खर्च गरेको पाईएको छ ।
महालेखा परिक्षणले गएको चैत्रमा सार्वजनिक गरेको विवरणमा व्यास नगरपालिकाले विना कागजात खाना तथा खाजामा अस्वाभाविक खर्च गरेको भन्दै नियन्त्रण गर्न भनेको छ । सरकारले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता कायम सम्वन्धि मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक निकाय तथा सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी कामको शिलशिलामा खर्च गर्दा कार्यलय समान मसलन्द, पानी , विजुली ईन्धन लगायत विविध खर्चमा मितव्यय कायम गर्नुपर्ने प्रावधान रहेको छ ।
नगरपालिकाको यो मनपरी तन्त्र र अस्वाभाविक खर्च गरेसँगै नेतृत्व र पालिकाको गम्भिर आलोचना भएको छ । भएको आम्दानीको मनलागी खर्चे गर्ने र जनतालाई अस्वभाविक कर वढाउने पालिकाको नेतृत्वको विरोध शुरु भएको छ । जुन वढेको कर नतिर्ने व्यवसायीको घोषणा सँगै यो पुष्टि भएको छ । नेतृत्व जनताप्रति उत्तरदायी हुनुपर्नेमा उदासिन रहेको पाईएको छ ।








