व्यास नगरपािलकाको २०७८।०७९ को वेरुजु मात्र ११ करोड ४३ लाख ५८ हजार देखिएको छ । २०७८।०७९ को वित्तिय विवरण अनुसार पालिकाको वेरुजु देखिएको हो ।
जसमा वेरुजु मध्ये असुल गर्नुपर्ने रु. ३ करोड ८२ लाख४३ हजार, कागजात पेश गर्नुपर्ने देखिएको छ भने रु.३ करोड ४० लाख ९१ हजार, अनियमितता तर्फ रु. १ करोड ७० लाख ७८ हजार र पेश्की फछयौट गर्न वाकी रु. २ करोड ४९ लाख ४६ हजार रहेको छ । पालिकाको गतवर्ष सम्म रु. २९ करोड १९ लाख २२ हजार वेरुजु वाकी रहेकामा हालसम्म को अद्यावधिक वेरुजु रु. ४० करोड ६२ लाख ८० हजार रहेको छ ।
यसैगरि नगरपालिकाको लेखापरिक्षणवाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरवन्दी अनुसार स्थायी पदपुर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम संचालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको महालेखा प्रतिवेदनमा औल्याईएको छ ।








