व्यास नगरपालिकाले आर्थिक वर्ष ०७८।०७९ मा मात्र डिपिआरमा ६८ लाख ९८ हजार ८ सय पचहत्तर खर्च गरेको छ । यसमध्ये वजेटको व्यवस्थापन विना डिपिआरको नाममा ६१ लाख १ हजार ७ सय पैतालिस रुपैया खर्च गरेको छ । व्यास नगरपालिकाले वजेटको उचित व्यवस्थापन नभएको अवस्थामा समेत डिपिआर गरेर खर्च गरेको छ । जसमा वुल्दि खोलामा मोटरवेल पुल निर्माणको डिपिआरमा ४ लाख ९९ हजार ९ सय चालिस खर्च गरेको छ । यसको डिपिआर अनुसार आयोजनाको लागत ७ करोड ४९ लाख रहेको छ भने यसको टेण्डर प्रक्रियामा रहेको छ ।
यसैगरि नगरपालिकाले फायर हाईड्रेन तथा सुरक्षा योजनाको डिपिआरमा ४ लाख सन्तानव्वे हजार २ सय खर्च गरेको छ । १५ लाख ७७ हजार २ सय अड्चालिस रुपैया लागत अनुमान रहेको योजनाको वजेट नै व्यवस्थापन नभएको पाईएको छ । यसैगरि व्यास पराशर पर्यटन मार्गको डिपिआरमा ३ लाख ९५ हजार ५ सय रुपैया खर्च गरेको छ । १२ करोड ४२ लाख ६६ हजार २ सय चौहत्तर रहेको लागत रहेको योजनाको पनि वजेट व्यवस्थापन नै भएको छैन ।

यसैगरि शिशाघाट खेलकुद मैदानमा डिपिआरको नाममा ३ लाख ९७ हजार ३ सय सत्ताईस रुपैया खर्च गरेको छ । जसको डिपिआर अनुसार १२ करोड ७३ लाख १८ हजार सात सय आयोजनाको लागत अनुमान रहेको छ भने यो आयोजनाको पनि हालसम्म वजेटको व्यवस्थापन नै भएको छैन ।
कोभिड अस्पताको डिपिआरमा व्यास नगरपालिकाले २ लाख ९७ हजार १ सय नव्वे खर्च गरेको छ । १ करोड ५० लाख ४० हजार ३ सय सत्तहत्तर डिपिआर अनुसार आयोजनाको लागत अनुमान रहेकोमा यो आयोजना निर्माणका लागी टेन्डरको काम पुरा भई काम भई रहेको छ ।
यसैगरि छाङदी वाराही मन्दिर तथा पार्क निर्माणमा पालिकाले डिपिआरमा ३ लाख ९५ हजार खर्च गरेको छ । ३ करोड ३० लाख ९२ हजार ७ सय छयालिस डिपिआर अनुसार आयोजनाको लागत रहेको योजनाको पनि हालसम्म वजेट व्यवस्थापन भएको छैन । यसैगरि पोल्याङ नगर अस्पतालको लागी डिपिआरमा ४ लाख ९७ हजार २ सय रुपैया खर्च गरेको छ । ३१ करोड २३ लाख ७० हजार ६ सय छपन्न डिपिआर अनुसार आयोजनाको लागत अनुमान रहेको आयोजनाको पनि वजेट नै व्यवस्थापन भएको छैन ।
यसैगरि व्यास नगरपालिकाले मादी उपत्यका एकीकृत नदी विकास आयोजनाको डिपिआरमा यस आर्थिक वर्षमात्र ३९ लाख १९ हजार ५ सय अठार रुपैया खर्च गरेको छ । ४ अरव ६० करोड ९७ लाख २३ हजार ८ सय दुई रुपैया डिपिआर अनुसार आयोजनाको लागत अनुमान रहेको आयोजनाको पनि वजेट व्यवस्थापन नै भएको छैन ।
डिपिआरको नाममाा यो आर्थिक वर्षमात्र ८ योजनामा पालिकाले ६८ लाख ९८ हजार ८ सय पचहत्तर रुपैया खर्च गरेको छ भने ८ योजना मध्ये एउटा योजनाको टेन्डर प्रक्रियामा रहेको र एउटा योजनाको काम भईरहेको छ भने अन्य ६ वटा योजनाको वजेट नै व्यवस्थापन भएको छैन । वजेटको व्यवस्थापन विना डिपिआरको नाममा ६१ लाख १ हजार ७ सय पैतालिस रुपैया खर्च गरेकोक छ । पालिकाले गरेको खर्चप्रति जनताको आक्रोश र आंशंका वढेको छ । पालिकाको यो कार्यप्रति महालेखा परिक्षणले आपत्ति जनाएको छ ।








