पछिल्लो समय बाँदरले मानव वस्तिमा गएर लगाइएका वालीनालीहरु खाई तथा बिगारेर सत्यनास पारि आतंङ्क सृजना गरेपछि तनहुँ जिल्लाका किसानहरु संङ्गठित हुन थालेका छन् । यसै क्रममा व्यास नगरपालिका ७ को दुलैपानी नजिकै नयाँ पुलमा चर्को घामको प्रवाह न गरी एक सय ८० जना कृषकहरु भेला भएर बाँदर आतंङ्क बन्द गर्न पर्ने माग राख्दै संर्घष समिति गठन गरेका छन् ।

स्थानिय लाल बहादुर पन्थको संयोजकत्व र नवराज न्यौपानेको उप संयोजकत्वमा सात सदस्यिय संघर्ष समिति गठन गरिएको छ । त्यस अवसरमा प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका संयोजक सुर्दर्शन प्रधानले सरकारले जनताको सुरक्षा गर्न पर्ने माग राख्दै सरकारले बाँदरलाई वन्यजन्तु नमानी बाँदरलाई तह लगाउन माग गरे । स्थानिय राेम बहादुर बिकले सारा किसानलाई सार्है दु:ख दिएकाले सरकारले जतिसक्दाे छिटाे बाँदर नियन्त्रण गर्नुपर्ने बताए। अर्का कृषक नारायण प्रसाद घिमिरे बाँदरले अन्न बालि खाईदिएर कराेडाैकाे क्षति पुर्याएकाे चर्चा गर्दै सरकार र स्थानिय तहले सहयाेग गर्नु पर्नेमा जाेड दिए।

व्यास ७ सिमलीथुम्का निवासी पार्वती घिमिरे बाँदर आतङ्कका कारण वर्षाैं देखि खेतिवाली गर्नै जग्गा बाँझै राख्नुकाे विमल्प नरहेकाे बताईन्। व्यास ६ का कृषक नवरनज न्याैपानेले सरकारकै उदाशिनताका कनरण कृषकहरु भाेकभाेकै बस्नु परेकाे बताए ।













