बाँदरले मानव वस्तिमा गएर लगाइएका वालीनालीहरु सत्यनास पारि आतंङ्क

पछिल्लो समय बाँदरले मानव वस्तिमा गएर लगाइएका वालीनालीहरु खाई तथा बिगारेर सत्यनास पारि आतंङ्क सृजना गरेपछि तनहुँ जिल्लाका किसानहरु संङ्गठित हुन थालेका छन् । यसै क्रममा व्यास नगरपालिका ७ को दुलैपानी नजिकै नयाँ पुलमा चर्को घामको प्रवाह न गरी एक सय ८० जना कृषकहरु भेला भएर बाँदर आतंङ्क बन्द गर्न पर्ने माग राख्दै संर्घष समिति गठन गरेका छन् ।

स्थानिय लाल बहादुर पन्थको संयोजकत्व र नवराज न्यौपानेको उप संयोजकत्वमा सात सदस्यिय संघर्ष समिति गठन गरिएको छ । त्यस अवसरमा प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका संयोजक सुर्दर्शन प्रधानले सरकारले जनताको सुरक्षा गर्न पर्ने माग राख्दै सरकारले बाँदरलाई वन्यजन्तु नमानी बाँदरलाई तह लगाउन माग गरे । स्थानिय राेम बहादुर बिकले सारा किसानलाई सार्है दु:ख दिएकाले सरकारले जतिसक्दाे छिटाे बाँदर नियन्त्रण गर्नुपर्ने बताए। अर्का कृषक नारायण प्रसाद घिमिरे बाँदरले अन्न बालि खाईदिएर कराेडाैकाे क्षति पुर्याएकाे चर्चा गर्दै सरकार र स्थानिय तहले सहयाेग गर्नु पर्नेमा जाेड दिए।

व्यास ७ सिमलीथुम्का निवासी पार्वती घिमिरे बाँदर आतङ्कका कारण वर्षाैं देखि खेतिवाली गर्नै जग्गा बाँझै राख्नुकाे विमल्प नरहेकाे बताईन्। व्यास ६ का कृषक नवरनज न्याैपानेले सरकारक‌ै उदाशिनताका कनरण कृषकहरु भाेकभाेकै बस्नु परेकाे बताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.