व्यास नगरपालिकाले आर्थिक वर्ष ०७८।०७९ मा अवलोकन भ्रमणमा नै २८ लाख ५६ हजार १ सय वयालिस रुपैया खर्च गरेको छ । नगरपालिकाले उपलव्ध श्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्नेमा अवलोकनको नाममा जनप्रतिनिधी, कर्मचारी, टोल विकास संस्थाका पदाधिकारीको अवलोकन भ्रमणको नाममा खर्च गरेको हो ।

जसमा जननिर्वाचित पदाधिकारी जना, कर्मचारी, टोल विकास संस्था अध्यक्षहरु गरि २५ जनाको अवलोकन भ्रमणले २ लाख ५० हजार खर्च गरेको छ भने, अगुवा कृषकहरुको अवलोकन भ्रमणमा १ लाख ८२ हजार ५ सय असी रुपैया खर्च गरेको छ । वडा नं १२ को अवलोकन भ्रमणमा २ लाख ४७ हजार ९ सय पैतिस, वडा नं ६ को अवलोकन भ्रमणमा २ लाख ३४ हजार ५ सय असी, अवलोकन भ्रमण पे.फ. तिल कुमारी शाहीले ३ लाख ३१ हजार, जनप्रतिनिधीहरुको ५ दिने आन्तरिक तथा वाह्य भ्रमणमा ६ लाख ९५ हजार ८ सय सैतिस, वडा सचिव पम्फा थापा वस्नेत पे, फ.३ दिने अवलोकन भ्रमणमा ३ लाख १५ हजार, वडा नं ३ को ५ दिने भ्रमणमा ३ लाख र पे.फ. पुष्पराज आचार्यको ३ दिने भ्रमणमा २ लाख ९९ हजार २ सय दश रुपैया अवलोकन भ्रमणको नाममा खर्च गरेको छ ।
पदाधिकारीले पाउने सुविधा सम्वन्धी व्यवस्था गर्न वनेको ऐन तथा भ्रमण खर्च नियामावली, २०६४ लाई आधार लिदा १२ भ्रमणको लागी रु १८ लाख ९८ हजार खर्च गर्नुपर्नेमा २८ लाख ५६ हजार खर्च गरेको हो । जसमा अवलोकनमा सहभागीहरुले टिएडिए भत्ता नै ११ लाख ६८ हजार लिएको छ । जसमा नगरपालिकाले ९ लाख ५७ हजार ६ सय वयालिस वेरुजु रकम सहभागीहरुवाट असुल उपर गराउनु पर्ने महालेखाले जनाएको छ ।
‘








