पाठेघरको क्यान्सर पिडित सम्झनालाई आर्थिक सहयोग

उपचारमा सहयोग गरिदिनुहुन परिवारको अनुरोध ।

व्यास–५, पतेनीटार

पाठेघरको क्यान्सर पिडित सम्झनालाई उपचारको लागी विभिन्न संघ संस्थावाट सहयोग जुटाउन शुरु भएको छ । म्याग्दे गाँउपालिका वडा नं ५, हाल व्यास ५, पतेनीटारमा वस्ने वर्ष ३८ को सम्झना लाई पाठेघरको क्यान्सर देखिएपछि उपचारका लागी सहयोग जुटाउन थालिएको हो ।


पाठेघरको क्यान्सर देखिएपछि विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको सम्झनाको आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुदाँ सवैलाई परिवारको जीवनरक्षाका लागी सहयोग गरिदिनुहुन निज सम्झनाको श्रीमान चन्द्र कुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ ।


सम्झनाका उपचारका लागी विभिन्न संघसंस्थावाट सहयोग जुट्न शुरु भएको । जसमा मलेशिलामा रहनुहुने महेन्द्र रुेष्ठ, गणेश कुमार श्रेष्ठ र तुल वहादुर गरंन्जाको नेतृत्वमा ४० हजार आर्थिक सहयोग जुटेको छ भने श्री दभुङ्ग चण्डीदेवी गुठी संस्थावाट ३३ हजार ९० रुपैया, मानुङ्ग गुठीवाट २० हजार ६ सय पचपन्न, पतेनीटार नेवा समाजवाट ६ हजार ५ सय र पतेनीटार टोल विकास संस्थावाट ४१ हजार पन्ध्र रुपैया आर्थिक सहयोग पिडित सम्झनालाई हस्तान्तरण गरिएको छ ।


यसैगरि सम्झनाको उपचारका लागी साउदीवाट ओम कुमार को नेतृत्वमा १ लाख २२ हजार ४ सय वीस, दुवईवाट शिव थापावाट ५० हजार, मिलन गुठीवाट ३२ हजार, पाङलादी आमा समुह व्यास ५ वाट ५ हजार र उदय माध्यामिक विद्यालयवाट १० हजार ७ सय पन्ध्र रुपैया आर्थिक सहयोग यसअघि नै जुटिसकेको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.