दलित समुदायका लागि पहिलो पटक कर्मकाण्ड तालिम शुरु

तनहुँ २९ जेठ

व्यास नगरपालिकाभित्रका दलित समुदायका लागि पहिलो पटक शुक्रबारदेखि तीन दिने कर्मकाण्ड तालिम शुरु गरिएको छ । परिवर्तनका लागि मिडियाको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यासका चौध वटै वडाबाट एक÷एक जना गरी चौध जनालाई उक्त तालिम प्रदान गरेको हो । प्रमुख अतिथी व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रमको उदघाटन गर्दै समाजमा कर्मकाण्ड गर्ने जनशक्तिको अभाव रहेको औल्याउनुभयो ।

दलित समुदायमा मात्रै नभई ब्राह्मण समुदायमा पनि कर्मकाण्ड गर्ने व्यक्तिको अभाव खड्किएको अवस्थामा यस किसिमको तालिम उपलव्धिमूलक हुने उहाँले बताउनुभयो । दलितमैत्री र छुवाछुतमुक्त नगरपालिका स्थापित गराउने बिषयमा व्यास नगरपालिका प्रतिबद्ध भएर लाग्दै आएको छ । उहाँले भन्नुभयो ‘जब हामी हिन्दु सनातन धर्मलाई बिश्वास गर्छौ भने त्यससंग संम्बन्धित कुरालाई पूरा गरेनौं भने,मनमा हुने संकोचलाई पूरा गर्न सक्दैनौं ।’ कार्यक्रममा जिससका पूर्व सदस्य केशबहादुर सुनारले सिकेका सीपलाई व्यवहारमा लागु गर्न सकिए उपलव्धिमूलक बन्न सक्ने बताउनुभयो । यस तालिमको समापन पश्चात तालिमको समिक्षा गर्दै यस्ता तालिमलाई निरन्तरता दिन पहदकदमी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार बिक विकासले दलित समुदायप्रति गरिने बिभेद र छुवाछुत अमानवीय कार्य भएको चर्चा गर्नुभयो ।

व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा व्यास कार्यपालिका सदस्य रनसिं नेपाली,ज्ञानुमाया सुनार, व्यास–३ का वडासदस्य दधिराज घिमिरे,दलित नेता कृष्ण रुचाल,माँ दुर्गे अलोकिक कृषि फार्मकी संचालिका कल्पना गौली,महिला विकास कार्यालयकी पूर्व कर्मचारी रेणु नेपाली लगायतका वक्ताहरुले जातिय विभेद अन्त्यका लागि आचारण र व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा मुख्य प्रशिक्षकमा पण्डितका रुपमा तुलसीराम पौडेल र सहायक प्रशिक्षकमा तिलक बिक र पूर्ण बिश्वकर्मा रहेको परिवर्तनका लागि मिडियाका संचालक पूर्ण बिकेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.