तनहुँको भिमाद नगरपालिका नगरसभाको १४ औँ अधिवेशन आइतवार सम्पन्न

तनहुँको भिमाद नगरपालिका नगरसभाको १४ औँ अधिवेशन आइतवार सम्पन्न भएको छ । नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा भएको उक्त अधिवेशनमा नगरपालिकाका कार्यपालिका सदस्यहरुको छलफल पछि स्वीकृतिका लागि प्रस्ताव पेस गरी नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित गर्ने निर्णय समेत गरेको छ ।

भिमाद नगर उपप्रमुख शारदा खनालले आगामी आर्थिक वर्ष ०८०÷०८१ को लागि ६३ करोड ८९ लाख ५६ हजार ८ सय ७० को बजेट नगरसभामा प्रस्तुत गरिन् । यसमध्ये चालुतर्फ ४३ करोड ९८ लाख ५६ हजार ८ सय ७० र पूजिगत तर्फ १९ करोड ९१ लाखको विनियोजन गरकी हुन् । चालुतर्फ ६९ प्रतिशत र पूजिगत तर्फ ३१ प्रतिशत बजेट विनियोजन गरिएको छ । जसमा आर्थि विकास क्षेत्रमा ३ करोड ३७ लाख ३० हजार, सामाजिक विकास तर्फ ३४ करोड ६३ लाख २६ हजार ८ सय ७०, पूर्वाधार विकास तर्फ १३ करोड ६७ लाख ५० हजार, सुशासन तथा अन्तरसंम्बन्धित क्षेत्रतर्फ १ करोड ३२ लाख २० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १० करोड ८९ लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।

संघिय तथा प्रदेश सरकारका बार्षिक नीति बजेट तथा कार्यक्रमलाई प्रथामिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा विस्तार, पूर्वधार विकास समृद्ध भिमादको आधार भन्ने मुल नारालाई सार्थक तुल्याउन बजेट विनियोजन गरिएको उपप्रमुख खनालले जोड दिइन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.